• शुक्रबार ३-१९-२०७७/Friday 07-03-2020/ 09:45 pm

दृष्टिले ठगिएकी नन्दा दर्जन बालबच्चालाई आँखा देखाउँदै

‘आफैँ आँखा देख्दिन । मलाई प्रकृतिले ठगेको होइन, चुनेको हो जस्तो लाग्छ । बाल्यकालमा मलाई अरु साथीसँग खेल्न नदिएको र रोग सर्छ भन्दै आफन्तले छिःछि दुरदुर गरेको पीडा मनमा बिझिरहेको थियो । त्यही पीडाले मनमा केही न केही गरेर देखाउँछु भन्ने लागेको थियो । त्यही भएर अभिभावकविहीन यी साना बाबुनानीको सेवामा लागेकी हुँ ।’

उमेरले २४ वर्षमा मात्रै हुनुभएका कालीकोट डिल्लीकोटका नन्दा सिंह आफैँमा आँखा देख्छन् । उनको उमेर हेर्दा आफैँ विश्वविद्यालय पढ्ने अवस्थामा छन् । शारीरिकरुपमा ठीक भए पनि बाहिरी दृष्टिले उनीलाई ठगेको छ । आफैँलाई अरुको सहारा दिनुपर्ने अवस्था छ तर उनले आफूले ओठ निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई सहारा दिएका छन् । 

बूढानीलकण्ठ नगरपालिका– १३ बालुवाखानीको एक घरको छिँडीमा चार  कोठा भाडमा लिएर कालीकोटकी  सिंहले गरेको काम भने सामान्य मानिसले गर्नेभन्दा ठूलो छ । मनमा साहस छ । आँट छ । जीवनमा केही गरौँ भन्ने सदीक्षा पनि छ । ‘मैले आँखा नदेखेर के हो भो त रु मलाई प्रकृतिले यस्तै बनायो, म यसैमा खुशी छु’, नन्दाले भने । ‘अभिभावक नभएका यी कलिला बालबालिकालाई शिक्षादीक्षा दिन सकेँ भने त्यसले मलाई खुशी दिनेछ, किनकि मैले बाहिरी आँखा नदेखे पनि यी बाबुनानी भविश्यमा ठूला मान्छे भए भने मेरा लागि त्यो नै सबैभन्दा खुशीको विषय हुनेछ’, उनले भने । 

तीन वर्षको उमेर हुँदासम्म उनी आँखा देख्दैनथे । झाडापखालाले नराम्ररी सतायो । मरी भनेर घरकाले सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठीक्क पारेका थिए । राति म चलमलाएपछि यो त ज्यूँदै रहिछ भनेर आफू बाँचेको उहाँले बताउनुभयो । बाँचे पनि मेरो जीवनमा अन्धकार थपियो । झाडापखाला लाग्नुअघि आँखा देख्ने आफू त्यसपछि भने नदेख्ने भएँ । मेरो बाल्यकाल अन्धकारको रसातलमा भासियो । 

‘बाल्यकाल अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो । अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो, किनकि मैले जस्तै अरुको पनि आँखा नदेख्ने हुन्छन् भनेर रोकिन्थ्यो, मलाई गाली गरिन्थ्यो । मन भित्रभित्रै रुन्थ्यो’, नन्दाले अगाडि भन्दै जाने, ‘बालककालमा आँखा नदेख्ने अन्धी भनेर हेप्थे  तर मेरो मनमा एउटा आँट पलायो । जीवनमा केही न केही गर्छु भनेर मनलाई दह्रो बनाएँ ।’

कर्णाली प्रदेशको कालीकोट । अहिले पनि दुर्गम छ । यातायातको सहज सुविधा छैन । कुनै सुविधा पाउने कुरा परको जस्तै भयो । शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक सुविधाबाट पर पारिएको कालीकोटकी चेलीको आँट साच्चै अदम्य छ । रुखबाट लडेर निधन भएको तथा छाउगोठमा बस्दा सर्पले डसेर मरेका आमाका बच्चा स्याहार्ने र उनीहरुलाई शिक्षित बनाउने जिम्मा लिनुभएकी नन्दाले आफ्नो दुःख मात्रै फुकाउनु भएन, कलिला बालबालिकाको जीवनमा खुशी ल्याउने जिम्मासमेत लिएका छन् । 

उनलाई बाल्यकालकै साथी गीता बस्नेतले साथ दिएकी छिन् । बस्नेत भने आँखा देख्दिनन् । उमेरले उहाँ पनि मात्रै २३ वर्षकी । यी सखीले बालबालिकाको हेरचाहका लागि ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था खोलेकी छिन् । 

दैलेख, कालीकोट, जाजरकोटका एक दर्जन बालबच्चा सुकेधाराको गोल्डेन गार्डेन इन्टरनेशनल बोर्डिङ स्कुलमा पढ्छन् । उनीहरुलाई पढाउन, खुवाउन तथा अन्य सुविधाका लागि मासिक झण्डै रु ४० हजार  खर्च लाग्छ । “चार वटा कोठाको भाडा मात्रै मासिक रु १५ हजार लाग्छ । घरबेटीले पनि राम्रै सहयोग दिएका छन् । हाम्रो आँट देखेर सहयोग गरेका छन्”, नन्दाकी साथी गीताले भनिन्, ‘तँ आँट गर म पु¥याउँछु भने जस्तै भगवान्ले हेरेका छन्, हामीलाई साथ सहयोग मिलेको छ’, नन्दाले भनिन् ।

लकडाउनका समयमा उहाँहरुलाई खाने सामल दिने सहयोगी मन भेटिएका छन् । सामान्य अवस्थामा भने उहाँहरुलाई गाह्रो थियो । बालबालिका पढ्ने विद्यालयलाई मात्रै वार्षिक रु दुई लाख शुल्क बुझाउनुपर्छ । केही प्रतिशत रकम विद्यालयले छुट दिए पनि हामी जस्ता कमाइ नहुनेका लागि भने कहिलेकाहीँ समस्या पर्ने गरेको उनीहरुले सुनाए ।

तीन वर्ष भयो, उनीहरुले अभिभावकविहीन बालबच्चालाई अभिभाकत्व दिएको । स्नातकसम्म अध्ययन गर्नुभएकी नन्दाको आँटको पछाडि पनि ठूलो दुःखको पहाड छ । म छ वर्षको हुँदा जन्म दिने आमाले छाडेर गइन् । आमा बितेपछि भारत पसेका उनका पिता फर्केर आएनन् । आँखा नदेख्ने नन्दाका लागि दुःखको पहाड झनै उचालियो । ठूला बुबाकामा बसेर भाँडा माझ्दै पढेको उनले बताइन् ।

रमिला सिंह ९११ वर्ष० र दिनेश सिंह९६ वर्ष०का दिदीभाइ हुन् । कालीकोट उनीहरुको जन्मस्थान । जन्म दिने आमा बितेपछि कलिला मुना जस्ता छोराछोरी छाडेर कालापहाड पसेका उनीहरुका पीता फर्केर आएनन् । अलपत्र जस्तै अवस्थामा रहेका उनीहरुलाई नन्दा र गीताले काठमाडौँ ल्याउनुभयो । रमिला कक्षा ३ मा पढ्नुहुन्छ भने दिनेश कक्षा १ मा । 

सोभित बस्नेतका आमा घाँस काट्न जाँदा रुखबाट लडेर बितिन् । उनका बुबालाई कुष्ठरोग लागेको रहेछ । केही काम गर्न सक्दैनन् । खान लगाउनै समस्यामा परेका बस्नेतलाई समेत उनीहरुले साहारा दिएका छन् । बबिता अधिकारीको आमालाई छाउगोठमा सर्पले टोकर जीवन लीला समाप्त पारिदियो । दैलेखकी अधिकारीलाई आमाका बारेमा सोध्दा आँखा रसाए । उनलाई बोल्न गाह्रो भयो, सम्हालिँदै भनिन्, ‘मलाई दिदीहरुले आमालेभन्दा बढी माया दिएर राख्नुभएको छ । पढ्न पाएको छु, असाध्यै खुशी छु ।’

सदीक्षा शाही पनि अन्तरदृष्टिमा साहारा लिएर बसेकी छिन् । आमा घाँस काट्न जाँदा लडेर बितिन् । त्यसपछि उनको दुःखका दिन शुरु भए । कमाउन भनेर भारत पसेका पिता फर्केर आएनन् । सदीक्षाको भाइ रोशन पनि सँगै छन् । आमाले जस्तै माया दिएर दिदीहरुले राख्नुभएकामा दिदीभाइले नै आफूहरु खुशी रहेको बताए । 

कविता सिंहका पिता वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । उतै पिता बितेपछि आमाले अर्कै खोजेर पोइल हिँडिन् । त्यसपछि शुरु भएका दुःखका दिन उनीहरुलाई नन्दा र गीताले हरण गरिदिएका छन् । 

अन्तरदृष्टिमा सहारा लिएका १२ बालबालिकाको आआफ्नै व्यथा छन् । आआफ्नै दुःखका कथा छन् । उनीहरुको जीवन आफैँमा मन बिझाउने खालका छन् । ती सबै पीडा भुलेर उनीहरु यतिखेर काठमाडौँमा रमाएका छन् । 

दुःख गरेर बालबच्चाको स्याहारसुुसारमा खटेका नन्दा र गीतालाई जर्मनीमा रहेका कृष्णप्रसाद गौतम, शम्भुप्रसाद पोखरेल (सागर), राधाकिरण सिग्देल र  राजाराम राउतले रु २५ हजार सहयोग उपलब्ध गराएका छन् । आज उनीहरुलाई भुवनेश्वरी खतिवडा र राससका महाप्रबन्धक ओपेन्द्र शर्माको उपस्थितिमा सहयोग हस्तान्तरण गरियो ।

-रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

  • १५ असार, २०७७

 वीरगञ्ज । हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको

यसकारण चीन–भारत सीमामा बढ्दो संकट छ

  • १३ असार, २०७७

चीनले भुटान र नेपालमाथिको भारतीय प्रभुत्वलाई सिमित गर्छ, यसका साथै बंगलादेश र म्यानमारमा भारतीय प्रभावको विस्तारलाई प्रतिबन्धित गर्छ । भारतको

मन्त्री दुलालका कामले युवालाई झक्झकाउने सन्देश दिईरहेको छ

  • १३ असार, २०७७

लकडाउनमा समय बिताउन असहज भइरहेको युवाहरुको मतलाई करेसाबारीमा गरिएको तरकारी खेती वा वर्षौंदेखि बाँझो रहेका जमीनमा खेती गर्नका लागि मन्त्री दुलालको