• शुक्रबार ३-१९-२०७७/Friday 07-03-2020/ 11:08 pm

इरानमा कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टामा झण्डै ३ हजार नयाँ संक्रमित थपिए

तेहरान । इरानमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा करिब तीन हजार पुगेको छ । 

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरलाई उद्धृत गरी राष्ट्रिय समाचार संस्था आइआरएनएले समाचारमा लेखेको छ, ‘इरानमा सोमबार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका दुई हजार ९७९ विरामीसँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार ४४५पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु भएका ८१ सङ्क्रमितसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या सात हजार ८७८ पुगेको छ ।’ 

विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ३२७ व्यक्ति (७८ प्रतिशत)मा सङ्क्रमणका कारण कुनै समस्या नदेखिएका अर्थात् उनीहरू सामान्य विरामी रहेका छन् ।

सोमबारसम्ममा इरानमा अझै दुई हजार ५७८ विरामी सङ्क्रणका कारण गम्भीर विरामी रहेको उल्लेख उक्त इरानी सञ्चारमाध्यमले जनाएको छ ।

इरानी जनस्वास्थ्य अधिकारीका अनुसार इरानमा मे महिनाको सुरूवातसँगै सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएपछि देशभर लकडाउन गरी सङ्क्रमण नियन्त्रण प्रयासलाई जारी राखिएको थियो । पछिल्ला केही हप्तादेखि निश्चित शहरबाहेक अन्य क्षेत्रमा गतिविधिलाई केही खुकुलो पारिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज

  • १९ असार, २०७७

एजेन्सी । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट इङ्ल्याण्ड

टर्कीमा पटका कारखानामा विष्फोट हुँदा कम्तीमा ४१ श्रमिक घाइते

  • १९ असार, २०७७

एजेन्सी । टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा ४१ जना घाइते भएका प्रान्तीय सरकारले जानकारी गराएको

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

  • १९ असार, २०७७

एजेन्सी । पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु