• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

गुल्मीका स्थानीय भण्डारीले जिल्लामा पठाए ९ सय २० थान आरडिटी किट

काठमाडौं । गुल्मी जिल्ला स्थायी घर भएका भीमकान्त भण्डारीले जिल्लाका लागि ६ सय थान आरडिटी किट पठाएका छन् । कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भइरहेको बेलामा भण्डारीले आफ्नो गृह जिल्लामा किट उपलब्ध गराएका हुन् । 

यसअघि पनि उनले जिल्लाका विभिन्न स्थानिय तहमा किट उपलब्ध गराएका थिए । सरकारले परीक्षणको दायरा तीव्र बनाइरहँदा सहयोगस्वरुप उनले किट उपलब्ध गराएका हुन् ।

यसअघि उनले मालिका, मदाने, धुर्कोट र इश्मा गाउँपालिकामा ८० थानका दरले ३ सय २० थान किट उपलब्ध गराएका थिए । यो सँगै उनले जिल्लामा ९ सय २० थान आरडिटी किट सहयोग गरेका छन् । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि परीक्षणको दायरा बढाउनपर्ने सोच्दै जिल्लावासीको नाताले निःशुल्क रुपमा किट उपलब्ध गराएको उनले बताए । 

उनले पठाएको किट व्यवस्थित रुपमा सदुपयोग गर्दै परीक्षणको दायरा बढाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मालिका गाउँपालिका–५ घर भएका भण्डारीलाई जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष भरतकुमार शर्माले धन्यवाद व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर