• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुग्यो 

काठमाडौं  ।  कोरोना भाइरसको संक्रमणबाट  भारतमा ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो । एकै दिन ७ हजार ७६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वर्ल्डोमिटर्सको मंगलबार बिहान साढे ५ बजेसम्मको तथ्यांकानुसार १ लाख ९८ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच कोरोना प्रभावित मुलुकहरूको सूचिमा भारत ७ औँ स्थानमा परेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख पुग्न लागेको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर