• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने

कास्की । गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद सागमा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । 

    सरकारले व्यक्तिगततर्फ स्वर्ण विजेतालाई रु एक लाख, रजत पदकलाई रु ७५ हजार तथा काँस्य पदकलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको छ । समूहतर्फ स्वर्ण विजेतालाई रु ७५ हजार, रजतलाई रु ५० तथा काँस्य पदकलाई रु ३० हजार नगद पुरस्कार प्रदान गर्ने भएको । त्यसैगरी प्रशिक्षकलाई समेतलाई जनही रु ३० हजार, रु १५ हजार रु १० हजारका दरले सरकारले नगद पुरस्कार दिने भएको छ । 

     सागमा व्यक्तिगत र टिम इभेन्टमा गरी गण्डकीका कूल ३७ जना खेलाडीले चार स्वर्ण, २३ रजत र १६ काँस्य गरी ४३ पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी  दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर