• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

९५ मुलुकसँग पुनः उडान सञ्चालन गर्ने चीनको तयारी 

एजेन्सी । कोरोना महामारीका कारण चीनसँग उडान सेवामा प्रतिबन्ध लगाइएका ९५ मुलुकले पुनःसञ्चालन गर्नका लागि आवेदन दिनसक्ने चीनको उड्ययन अधिकारीहरुले बताएका छन् । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार, ८ जनुबाट साप्ताहिक अन्तरार्ष्ट्रिय  उडान ५० प्रतिशतले बढ्ने अनुमान लगाइएको छ । हाल चीनबाट सातामा १५० अन्तरार्ष्ट्रिय उडान भइरहेको बताइएको छ । 

हाल हरेक दिन ३ हजार यात्रुको आगमन भइरहेकोमा प्रतिबन्ध खुल्ला गरेपछि दैनिक भित्रिने यात्रुको संख्या बढेर ४ हजार ७ सय पुग्ने चीनको नागरिक उड्ययन प्रशासनका अधिकारीहरुले आधिकारिक वेबसाइट ‘काकन्यूज’मा बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर