अहिलेको परिबेशमा महत्वकांक्षि बजेट ल्याउनु जरुरी थिएन – मन्त्री ज्वाला 

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अहिलेको परिवेशमा महत्वकांक्षि बजेट ल्याउन जरुरी नभएको बताएका छन् । विश्व कोरोना भाइरसको महामारी सँग जुधिरहेको बेला त्यसमा कर्णाली पनि अछुतो नरहकोले यो बेला बजेट महामारी, भोकमारी, र रोजगारीमा केन्द्रीत हुनु पर्ने उनले बताए ।

विश्व समुदाय कोरोना भाइरस सँग लडिरहेका बेला त्यसमा झन् कर्णालीमा यसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । 

यो बेला नागरिकलाई भ्रममा पार्ने गरेर बजेट महत्वकांक्षि ल्याउनुको कुनै अर्थ नहुने उनको तर्क छ । अहिलेको तत्कालिन समस्यालाई केन्द्रमा राखेर कर्णाली सरकारले पहिलेको भन्दा ५० करोड न्युन आकारको बजेट ल्याएको उनले बताए । 

आर्थिक बर्ष २०७७÷०७८ को बजेट वक्तव्य माथि संचारकर्मिहरु सँग भएको छलफलमा मंगवार मन्त्री ज्वालाले यस्तो बताएका हुन् । यो आर्थिक बर्षमा कर्णाली सरकारले सन्तुलित व्यावाहारिक र कार्यन्वन योग्य बजेट ल्याएकोले यो बर्ष बजेट कार्यन्वनमा समस्या नहुने उनले बताए । 

‘कर्णाली सरकारले कोरोना रोकथामलाई पहिलो प्रथामिकतामा राखेको छ, यसबाट उत्पन्न हुने खाद्य संकटलाई अन्त्य गर्नको लागि खाद्य भण्डारण र आपुर्तिको लागि एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम यो बर्षमा लागु गरिने छ,’ ‘मन्त्री ज्वालाले भने, ‘यो योजना कार्यन्वन गर्नको लागि असार सकिने वित्तिकै कार्यबिधि बनाएर कार्यन्वन तिर लागिने छ,।’

कर्णालीका नागरिकहरुलाई कर्णालीमै रोजगारी सिर्जना गर्नको लागि आफ्नो गाउँ आत्मनिर्भर बनाउ कार्यक्रम कर्णालीमा लागू गरिने भएकोले कर्णालीमा अब बेरोजगारीको अन्त्य हुने मन्त्री ज्वालाले बताए । 

कर्णालीमा १ करोड भन्दा तलका योजनाहरुमा डोजर नचलाउन नपाउने गरी कर्णाली सरकारले कानुन बनाउन लागेको उनले जानकारी दिए । गाउँमा डाजर आतंक धेरै छ यसले धेरै नागरिकको रोजगारी खोसेकोले अब १ करोड भन्दा तलका योजनाहरु नागरिकको श्रमबाट ती योजनाहरु कार्यन्वन गरिने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर