• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 08:32 am

गण्डकी प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

पोखरा ।  गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–७८ को बजेटमाथि प्रदेशसभामा छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर]को बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा  विशेष जोड दिएका छन् । 

प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीले बजेटले कोरोनाको रोकथाम, नियन्त्रणका साथै स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । सीमित स्रोत र साधनकाबीच विगतका विकास निर्माणका योजनालाई बजेटले निरन्तरता दिएको उनले बताए । प्रदेशका माननीयलाई विकास निर्माण एवं स्थानीय तहसँग जोडिने गरी कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए । युवा तथा खेलकूद, उद्योग, पर्यटनका हरेक क्षेत्रमा बजेट केन्द्रित भएको बताउँदै उनले यो बजेट प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध भएको धारणा राखे ।

अर्का सदस्य इन्द्रलाल सापकोटाले कोरोनाको सन्त्रासबीच आएको बजेटले यसको रोकथामका लागि रु तीन अर्ब विनियोजन गरेको बताए । नीति तथा कार्यक्रमका साथै प्रदेशको पञ्चवर्षीय योजना दिगो विकासको लक्ष्यका आधारमा बजेट आएको उनले बताए । बजेटले विगतका सबै योजनालाई समेटेर निरन्तरता दिएको उनले उल्लेख गरे । चालु आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था राम्रो नदेखिएको बताउँदै उहाँले यसको समीक्षा गर्दै नीतिगत एवं शासनप्रणालीमा सुधार गर्नुपर्ने विषयलाई सुधार्दै जानुपर्ने सुझाव दिए ।
    
सदस्य खिमविक्रम शाहीले कोरोनालाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएको बताए । उनले गाउँपालिकाका क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन नभएको पाइएकाले आगामी दिनमा त्यसतर्फ गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए । आरडिटीलाई बन्द गरी पिसिआर परीक्षण बढाउँदै चाँडै रिपोर्ट आउने व्यवस्था मिलाउन उनले आग्रह गरे । चालु आवमा खर्च नहुँदा बजेट बढ्न गएको बताउँदै उनले खर्च गर्न नसक्नु सरकारको असफलता भएको बताए ।
    
सदस्य धनमाया पोखरोल लामाले बजेट परम्परावादी भएको टिप्पणी गर्नुभयो । बजेटले स्वास्थ्य, शिक्षा कृषिमा बढी चर्चा गरे पनि त्योअनुरुप बजेट आउन नसकेको उनको धारणाा थियो । कोरोना प्रभावित वैदेशिक रोजगारी गुमाएका र यही रोजगारी नभएका व्यक्तिका लागि बजेटले बोल्न नसकेको उनले उल्लेख गरे । गोरखाको चुमनुब्रीको विकास गर्दै त्यसको पर्यटकीय विकास एवं चीनसँग व्यापारिक नाका जोड्नका लागि उहाँले ध्यानाकर्षण गराए । 
    
सदस्य मीना गुरुङले बजेट सही कार्यान्वयन हुनसकेमा यसले समृद्धि प्राप्त गर्न सम्भव हुने बताए । बजेटले कोरोनाका कारण रोजगारी गुमाएका व्यक्तिका लागि लागि सीप, पूँजी र प्रविधि अभिवृद्धिका लागि रु १८ करोड छुट्याएको बताउनुभयो । अनुत्पादक लगानी र खर्चलाई कटौती गर्दै सरकारले रोग भोक र शोकको समस्याको समाधानलाई प्राथमिकतामा राखेको उनले बताउनुभयो । बजेट समाजवाद उन्मुख रहेको गुरुङको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गठन भएको २७ महिनापछि कर्णाली प्रदेशसभाका संसदीय समितिले नेतृत्व पाउँदै

  • २६ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत

कर्णालीको आगामी बजेट सर्वसम्मत पारित

  • २५ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट बुधवार सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले

कैलालीमा हत्या आरोपी प्रहरी थुनाबाट हत्कडीसहित भागे

  • २५ असार, २०७७

कैलाली । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३