• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ट्विटरमा आयो नयाँ फिचर ‘भ्वाइस ट्विट’

एजेन्सी । ट्विटरमा यस प्लाटफर्मलाई लिएर प्रयोगकर्ताहरु प्राय असन्तुष्टि पोख्छन् किनकि आफ्नो विचार तथा भावना व्यक्त गर्नका लागि केही सीमाहरु छन् । 

जसमा एक अक्षरको सीमा । ट्विटरमा २८० भन्दा बढी शब्द ट्विट गर्न मिल्दैन, जसले गर्दा प्रयोगकर्ताले आफ्ना कुराहरु टुक्रा–टुक्रा वाक्यमा राख्नुपर्ने हुन्छ । 

यस असन्तुष्टि मध्यजनर गर्दै माइक्रो ब्लगिङ साइट ट्विटरले एक नयाँ फिचर लञ्च गरेको छ । यस फिचरको प्रयोग गरी अब प्रयोगकर्ताले टाइप नगरीकनै आफ्ना सन्देश ट्विट गर्न सक्नेछन् । 

ट्विटरको यस नयाँ फिचर हो ‘भ्वाइस ट्विट’ । अर्थात् प्रयोगकर्ताले आवाज रेकर्ड गरी ट्विट गर्न सक्ने भएका छन् । यसले प्रयोगकर्तालाई टाइप गर्ने झन्झटबाट बच्ने र आफ्नो विचार तथा भावनालाई अडियोको माध्यमबाट रेकर्ड गरेर सेयर गर्न सक्नेछन् । 

एक भ्वाइस ट्विटमा १४० सेकेन्डको अडियो रेकर्ड गर्न सकिनेछ । यदि यति समयमा तपाईको कुरा सकिएन भने एक अर्को नयाँ भ्वाइस ट्विट आफैँ बन्नेछ । 

यदि तपाई १४० सेकेन्ड अगाडी नै आफ्नो कुराहरु राखिसक्नुहुन्छ भने रेकर्ड सकिएको बटन दबाउनुहोस् र ‘कम्पोज स्क्रिन’मा गएर यसलाई ट्विट गर्न सक्नुहुन्छ । यो भ्वाइस ट्विट पनि अन्य प्रयोगकर्ताको टाइमलाइनमा अर्को ट्विट जस्तै देखिनेछ । 

ट्विटरका अनुसार, हाललाई भ्वाइस ट्विट प्रयोगका लागि मात्रै लञ्च गरिएको ह र खाली आइओएसमा उपलब्ध हुनेछ । अहिले सबै प्रयोगकर्तालाई यो फिचर नदिइएको र एक सातापछि सबै आईओएस प्रयोगकतालाई यो फिचर उपलब्ध गराइने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर