• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

खेल्दै गरेको बच्चाको हातमा ५० लाख वर्ष पुरानो अवशेष 

एजेन्सी । युपीको सहारनपुरको शिवालिक वन क्षेत्रमा हात्तीको जबडा कार्बन डेन्टिङको खुलासा भएको छ । सशानपुर हिमाचल र उत्तरखण्को सीमाको युपी शिवालिक वन क्षेत्रमा प्रथम पुस्ताका हात्तीको जबडाको अवशेष फेला परेको छ । त्यो पनि एक वनको गुर्जरोको छेउमा खेलीरहेकी बच्चीको हातमा । जसको कार्बन डेटिन्ङ अनुसार यो अवशेष ५० लाख देखि एक करोड वर्ष पुराना हो । जुन डाइनसर युगपछिको हो ।

यसलाई मम्मोथ स्टेगोडन पनि भनिन्थ्यो । विज्ञानले यसलाई हिमालयन श्रृंखलाहरुको पुराणमा उल्लेख गरिएको मोहर लगाएको छ । 

मुख्य वन संरक्षक शिवालिक रेन्ज विके जैनका अनुसार डब्ल्युडब्ल्युएफ (वर्ल्ड वाइल्ड लाइफ फन्ड) इन्डियाद्वारा वन्यजन्तुको क्यामरा ट्रयाप सर्वेक्षण गरिरहेको छ । यसैक्रममा गत हप्ता सिहानपुर–चकरात मार्गमा बादशाही बागको जलस्रोत नजिक डब्ल्यूडब्ल्यूएफ टिमले बोपन्न जंगलमा बस्ने गुर्जरो परिवारका एक बच्चीले हात्तीको जबडा पाएको थाहा पाए । बच्चीले बताए अनुसार उनले खेल्ने क्रममा उक्त जबडा भेटेकी थिइन् । जहाँ अन्य टुक्राहरु पनि रहेका छन् । 

यहीबाट इतिहासका पन्नाहरु खुल्न सुरु भयो । आजको दिनमा सहारपुरका कमिश्वर सन्जय अग्रवाल छन् । जो आफै वाइल्ड लाईफ फोटोग्रफीका शौकिन छन् । अग्रवाल भन्छन्, ‘जब मलाई बोपन्नाले भन्यो, हात्तीको जबडा अवशेष एकदम ऐतिहासिक छ । यो एक ठूलो खुलासा हुनसक्छ । त्यसैले मैले त्यसलाई देशरादुन स्थित वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीमा पठाएको छु ।’

वाडिया संस्थानका सेना वृत वैज्ञानीक एसी नन्दिता वरिष्ठ वैज्ञानीक आरके सहगलले हात्तीको यस कार्बन डेन्टिङ परीक्षणबाट ५० लाख देखि एक करोड वर्ष पुरानो भएको दाबी गरेका छन् । 

नन्दिता भन्छिन्, ‘हाम्रो लागि यो एक जिज्ञासु अनुसन्धान थियो । किन भने यो भन्दा अगाडी हामीले यस्तो प्रकारको कुनै अवशेष देखेका थिएनौँ । ’

बकौल सहगल, ‘यो जबडा शिवालकाय स्टेगोडोन प्रजातिको हात्तीको हो । जुन वर्तामान हात्तीको प्रथम पुर्खा हो । यसको बाहिरको दात्ततको लम्बाई १२ देखि १८ फुटसम्मको हुन्छ । साइबेरियामा यसलाई मम्माथ नामबाट चिनिन्थ्यो  । वैैज्ञानीक भन्छन्, ‘प्राकृतिक विपत्ती  अथवा संघर्षको कारण मृत्यु भएको यो हात्ती पानीमा बगेर यस जलस्रोतमा आएर अड्किएको होला । उत्तर भारतमा पाइने अहिलेसम्मको हात्तीमध्येको यो सबै भन्दा पुरानो अवशेष हो । जसलाई छिट्टै राष्ट्रिय वन्य जीव संग्राहालयलाई दिइने छ । 

शिवालिक नयाँ वन्यजन्तुको अभयारण्य हो 
डब्ल्यूडब्ल्यूएफका क्यामरा ट्रैयापको नयाँ अध्ययन अनुसार शिवालिक वन प्रभाग दुर्लभ वन्यजन्तुको अभयारण्यको रुपमा चिनिन्छ  कमिश्वर अग्रवाका अनुसार उत्तरखण्डको राजाजी राष्ट्रिय पार्कमा भन्दा यस क्षेत्रमा वन्जयजन्तुको विनाश भइरहेको छ । 

पहिले २० क्यामराले २० भन्दा बढी चितुवालाई पासोमा देखिएका थिए । ३३ हजार हेक्टेयर भन्दा धेरै क्षेत्रमा १५६ पिलरमा ३१२ क्यामरा लगाएका थिए । जसमा ४० भन्दा धेरै चितुवा हात्ती, हिरण चितल,शाहाकारी माछा लगायतका जीवजन्तु थिए । तीन प्रजाती मार्टनहरु किविट र पहेलो थ्रेटेड पनि पाइएको थियो । 

वर्लड लाईफ फोटोग्राफर विवेक बेनर्जी भन्छन्–‘मोहनड र बरकालन रेन्जमा २५० भन्दा धेरै चराहरु र ५६ भन्दा धेरै पुतली फेला परेका छन् ।  कमिश्वर भन्छन् –‘चाँडै यस वन क्षेत्रमा बाघ, हात्ती रिजर्भको रुपमा विकास गर्ने प्रस्ताव केन्द्र सरकारलाई पठाइएको छ । ’

सिद्धपीठ शाकम्भरी देवी मन्दिर
माता शाकम्भरी देवीको पुरानो सिद्धपीठ माता दुर्गाको एक रुप यो वन क्षेत्रमा छ । पुराणमा यस क्षेत्रमा रहेका देवीदेवता र ऋषि मुनिया आदिको बारेमा विषलेषण गरेको छ । नवरात्रीमा यहाँ लाखौँ श्रदालु भक्क्तजन आउने गरेका छन् । तर वन क्षेत्र भएकोले यहाँ पूर्ण रुपमा विकास हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर