जुम्ला सदरमुकाम खलङ्गामा निशेधाज्ञा जारी

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रनिष्ठानमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा भोभिड १९ कोरोना भाइरस संक्रमण देखिएकाले समाजमा फैलिन नदिनको लागि बुधवार साँझ ३ बजे देखि जुम्माको सदरमुकाम खलङ्गा बजारमा अर्को निर्णय नहुँदा सम्मको लागि जिल्ला प्रकाशन कार्यलयले  निशेधाज्ञा जारी गरिएको छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विज्ञाप्ती मार्फत  निषेधाज्ञ जारी गरेको बताएका छन् । उनका अनुसार यो निशेधाज्ञा अर्को निर्णय नहुदा सम्मको लागि जारी रहने विज्ञाप्तीमा उल्लेख गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी थापाले संक्रामक रोग ऐन २०२० को २९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६९३० बमोजिम निशेधाज्ञ जारी गरिएको उल्लेख गरेका छन् । यो निशेधाज्ञा अवधिभित्र औषधि पसल र स्वास्थ्य सेवा बाहेक अरु सबै क्रियाकलापहरु नगर्नको लागि सबैलाई आग्रह गरिएको छ । 

यसगरी निशेधाज्ञा जारी गरिएका क्षत्रहरुमा  चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदि सहितका चार किल्ला रहेको  प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन् ।

यस अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ईमरजन्सी सेवा वाहेक अरु सबै सेवा बन्द गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । स्वास्थ्यकर्मीहरुको आजै सवैको स्वाब परिक्षण्को लागि लिइसकिएको कर्णाली विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर