दुलालले चुनावमा बोलेको ‘बिकासको बाकस’ : यस्ता छन् निर्वाचन क्षेत्रदेखि प्रदेशभरका ‘लोकप्रिय’ कार्यक्रम

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ निर्वाचनमा ‘विकासको बाकस’ लिएर पुनः आउँछु भनेर जनतामाझ गरेको प्रतिवद्धता पूरा गर्ने शिलशिलामा छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका मन्त्री दुलालले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ९४ करोड ३८ लाख ४८ हजार बजेट विनियोजन गरेका छन् । 

चुनावी एजेण्डा सकिसकेपछि गाउँ नफर्कने नेताहरुको परम्परालाई तोडेका उनले निर्वाचन क्षेत्र विकासका लागि समुचित बजेट पेश गरेका छन् ।

क्षेत्र नम्बर २ अन्तर्गत पर्ने चौतारा साँगाचोकगढी नगरपालिकामा ३१ करोड ६६ लाख र मेलम्ची नगरपालिकामा २१ करोड २३ लाख ६५ हजार बजेट विनियोजन भएको छ । त्यस्तै, पाँचपोखरी थाङपाल गाउँपालिकामा १३ करोड २७ लाख ५७ हजार, इन्द्रावती गाउँपालिकामा १३ करोड २७ लाख ५७ हजार र हेलम्बु गाउँपालिकामा ९ करोड ७३ लाख २६ हजार बजेट विनियोजन भएको छ । 

मन्त्रालयका अनुसार प्रस्तावित बजेट तथा कार्यक्रममध्ये ६१ करोढ ७७ लाख २३ हजार प्रदेश सरकार र बाँकी बजेट स्थानीय तहबाट कार्यन्वयन हुनेछ । मन्त्री दुलालका प्रमुख स्वकिय सचिव सिपी दुलालका अनुसार कामको प्रगतिको आधारमा बजेट थप गर्ने योजना रहेको छ । उनले भने, ‘कोभिड–१९ का कारण ठूला आयोजनाको सबै बजेट अहिले आएको छैन् । कामको प्रगतिको आधारमा पुनः थप बजेट ल्याउने योजना गरिरहेका छौं ।’

बजेटमा विभिन्न स्थानिय तहमा संचालन हुने विकासका आयोजनाहरु समावेश भएका छन् । बजेटमा परेका केही आयोजनाहरु प्रदेश सांसद निमा लामा र इन्द्रमाया गुरुङको सिफारिसमा परेको प्रमुख स्वकिय सचिव दुलालले बताए । 

विकासको बाकसमा आफ्ना विकासे आयोजनाहरु पठाइरहँदा निर्वाचन क्षेत्रका स्थानियहरुले पनि शिलशिलापूर्ण ढंगमा बजेट प्रस्तुत भएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिन थालेका छन् । 

याे पनि:

चुनावी वाचा पूरा गर्दै मन्त्री दुलाल : चौतारा–सिपाघाट–काठमाडौं सडकले जनता उत्साहित

आगामी आर्थिक वर्षको बजेटमा साना–ठूला कुल १ सय ४६ योजनाका लागि बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ठूला योजनाका लागि ५ अर्ब भन्दा बढी छ । ठूला आयोजनाहरुमा नौबिसे–चौतारा–नवलपुर सडक करिब १ अर्ब ५० करोड, चौतारा–सीपाघाट–कात्तिके–काठमाडौं सडक करिब १ अर्ब ५० करोड, दिनेश रामजी स्मृति बहुप्राविधिक महाविद्यालय करिब १ अर्ब २० करोड, पाँचपोखरी र इन्द्रावती अस्पताल निर्माणका लागि १५ करोड, गोबिन्द घले स्मृति बहुउद्देश्यीय कभर्ड हल १३ करोड लगायतका विभिन्न योजनाहरु समावेश भएको मन्त्रालयले बताएको छ ।

निर्वाचन क्षेत्र बाहिर पनि ‘लोकप्रिय’ कार्यक्रम
आफू सिन्धुपाल्चोकबाट निर्वाचित भएपनि प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी उनले भुलेका छैनन् ।  प्रदेशका अन्य जिल्लामा पनि बजेट तथा ‘लोकप्रिय’ कार्यक्रमहरु उनले समावेश गरेका छन् । 

आगामी वर्षका कार्यक्रमहरुमा दोलखाको चरिकोट, काभ्रेको मथिनकोट, ललितपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकास गरिनेगरी कार्यक्रम बजेटमा समावेश भएको छ । मन्त्रालयका अनुसार क्यान्सर पीडितलाई सरकारले अहिलेसम्म दिँदै आएको १ लाख सहायतामा पनि थप गरेको छ । 

याे पनि:

बागमती प्रदेश : यस्ता छन् सामाजिक विकास मन्त्रालयका 'लोकप्रिय' कार्यक्रम

‘क्यान्सर पीडितलाई सरकारले दिँदै आएको १ लाख सहायता रकममा ५० हजार थप दिइने भएको छ ।’ मन्त्रालयले भनेको छ ।  दुलालकै पहलमा सबै जिल्लामा डायलासिस सेवा संचालन गरिने भएको छ । प्रदेशका सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहका थप २१ वटा स्वास्थ्य संस्थाबाट अस्पताल संचालन गर्ने कार्यक्रम पनि मन्त्रालयले बजेटमा समावेश गर्न सफल भएको छ । 

विश्व नै कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा मन्त्रालयले त्यसको मध्यनजर गर्दै सन्तुलित बजेट प्रस्तुत गरेको छ । भरतपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १ सय शैय्या क्षमतामा स्तरोन्नतिको कार्यक्रम समेत बजेटमा समेटिएको छ । कोभिड १९ को उपचारमा उपकरण खरीद गर्न १२ करोड बजेट राखिएको छ । 

त्यस्तै, आमा, बुवा दुबै नभएका बालबालिकालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मन्त्रालयले बजेटमा मिलाएको छ । 

प्राथमिकतामा ‘एक विद्यालय, एक नर्स’
मन्त्री दुलालले अघिल्लो वर्षबाट अघि सारेका मध्येको लाेकप्रिय कार्यक्रम हो, ‘एक विद्यालय, एक नर्स’ । जुन कार्यक्रमलाई यो वर्ष पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । 

मन्त्रालयले अघि सारेको यो कार्यक्रम अहिले प्रदेशका १ सय २१ विद्यालयहरुमा संचालनमा छ ।  अब प्रदेशका ३ सय ५९ वटा माध्यमिक विद्यालयमा नर्स सेवा संचालन गरिने भएको छ । सो कार्यक्रमलाई सबै स्थानिय तहका थप दुई/दुई विद्यालयमा थप गरिने भएको छ ।  सो प्रयोजनका लागि २० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

याे पनि:

‘एक विद्यालय, एक नर्स’ : कार्यक्रम एक, लाभ अनेक

सामुदायिक विद्यालयहरुको पूर्वाधार विकासमा ४४ करोड ८७ लाख रुपैयाँ बजेट राखिएको छ । 

यो कार्यक्रम संचालन भएपछि प्रदेशभरीका विद्यालयहरु तथा जनस्तरबाट विद्यालयहरुमा सरसफाइ गर्ने, नियमित विद्यालय आउने लगायतका सकारात्मक प्रभावहरु परेको छ । 

खेलकुद उच्च प्राथमिकतामा
मन्त्रालयको बजेटमा खेलकुदलाई विशेष महत्व दिइएको छ । आफ्नो मन्त्रालय अन्गर्तत पर्ने खेलकुद गतिविधिहरुमा प्रदेशका युवाहरुलाई उल्लेखनीय उपस्थित गराउनेगरी खेलकुदमा बजेट प्रस्तुत भएको मन्त्रालयले जनाएको छ । 

विकास, गतिशिलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद पूर्वाधारमा योजनाबद्ध दिगो विकासका लागि सञ्चालन भएका बहुवर्षीय तथा क्रमागत आयोजनाहरुको निरन्तरता एवम् स्थानीय तहमा खेल मैदान निर्माण गर्ने तथा खेलाडीहरुको क्षमता विकास, स्थानीय खेल प्रवद्र्धन, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता एवम् राष्ट्रिय प्रतियोगतिामा सहभागिता लगायतका विषयको व्यवस्था मिलाइएको छ । 

जसका लागि खेलकुद विकासको क्षेत्रमा ७९ करोड १३ लाख बजेट छुट्याइएको छ । 

कुन–पालिकाको कुन अयोजनामा कति बजेट ? हेर्नुहोस्:

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर