• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चुनावी वाचा पूरा गर्दै मन्त्री दुलाल : चौतारा–सिपाघाट–काठमाडौं सडकले जनता उत्साहित

काठमाडौं । दुई वर्षअघि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअघि देशभरका जनप्रतिनिधिहरु देशदौडा अभियानमा थिए । चुनाव जित्ने धोको राखेका धेरै उम्मेदवारहरुले ‘जोशमा होस’ नै गुम्नेगरी विभिन्न घोषणा गरे । 

चुनावी घोषणाकै सिलसिलामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रदेशसभा उम्मेदवार युवराज दुलाल ‘शरद’ पनि थिए । उनले पनि चुनावी सभाहरुमा बोल्दै चौतारा–सिपाघाट–कात्तिके हुँदै काठमाडौं पुग्ने ५५ किलोमिटर सडक निर्माणको नयाँ वैकल्पिक बाटो बनाउने प्रतिवद्धता जनतामाझ गरेका थिए । 

जसलाई उनले आफ्ना ‘विकासको बाकस’ भित्र अटाए । चुनावी घोषणासभामा बिकासको वाकस खोल्ने प्रतविद्धता गरेका उनले चुनाव जितेर गएपछि वाचा विर्सिएनन् ।

दुलाल अहिले बागमती प्रदेशको समाजिक विकास मन्त्री छन् । आफू मन्त्री भइसकेपछि र चुनावी कार्यक्रमहरुको दौरानमा राजधानी आउने सहज बाटोको रुपमा स्वयः मन्त्री दुलालले पनि यो बाटो प्रयोग गरिरहेका छन् । 

चुनावी कार्यक्रमको दौरानकै क्रममा एकदिन आफूसँगै भएका केही साथिहरुसँग यो सडक सुचारु गर्ने सल्लाह समेत गरेका थिए । र सडकको नाम पनि उनी आफैंले राखेका थिए, ‘चौतारा–सिपाघाट–कात्तिके हुँदै काठमाडौं ।’

दशकौंदेखि चौताराबाट काठमाडौं जानका लागि ८४ किलोमिटर यात्रा गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो ।

चौताराबाट बन्देउ पुगेपछि अरनिको राजमार्ग जोडिन्छ । जुन राजमार्ग हुँदै अहिलेपनि दोलखा र रामेछापका जनताहरु आवतजावत गरिरहेका छन् । 

अहिले यो सडकको निर्माणकार्यले गती पाएसँगै जिल्लावासीहरु निकै खुसी भएका छन् । आफ्नो पाँच वर्षे कार्यकालमा यो सडकको निर्माण सम्पन्न गर्ने अठोट मन्त्री दुलालले लिएका छन् । 

अहिले सडकको कामहरु धमाधम भइरहेको छ । काठमाडौंदेखि चौतारासम्मको यो बाटोको ट्रयाक लगभग तयार छ । भएको बाटोलाई ठूलो बनाएर यातायात आवतजावतमा सहज बनाइछाड्ने मन्त्री दुलाललको अभियान छ । 

चौताराबाट झ्याँडीखोलासम्मको १० किलोमिटर सडक अहिले कालोपत्रे भइरहेको छ । जसका लागि गत वर्ष ३० करोड बजेट सरकारकाबाट विनियोजन भएको थियो । 

यो वर्षपनि सडकको लागि ५४ करोड बजेट विनियोजन भएको छ । जसमा प्रदेशका सामाजिक विकास मन्त्री दुलालले पहल गरेका थिए । यो वर्ष विनियोजन भएको रकमले झ्याँडीदेखि देउरालीसम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।

अहिलेको बजेट र पुरानो बाँकी बजेटले सिपाघाटसम्मको सडकको कालोपत्रेका लागि पहल भइरहेको भन्दै आफू यो यजना पूरा गर्नका लागि लागिपर्ने बताए । 

आफ्नो चुनावी क्षेत्रमा गरेका वाचाहरु पूरा गर्ने अभियानमा लागेको युवा मन्त्री दुलालले जिल्लाको मध्येक्षेत्रमा हुने कृषि उत्पादन, नदीजन्य पदार्थको ढुवानी, तथा दैनिक आवतजावत गर्नपर्ने व्यक्ति तथा ढुवानीका लागि यो वैकल्पिक बाटोले निकै फाइदा पुग्ने मन्त्री दुलालले विश्वास लिएका छन् । 

हुनत यसअघि नै मन्त्री भएपछि आफ्नो चुनावी क्षेत्रमा मात्र बजेट पारेको भन्दै उनीमाथि आरोपहरु लागेका थिए । तर, विनियोजित बजेटको उल्लेखनीय प्रभाव देखिनेगरी काम भएपछि जनताहरु उत्साहीत भएका छन् । 

आफूप्रति भएको सकारात्मक तथा नकारात्मक टिकाटिप्पणीमाथि उति ध्यान नदिने मन्त्री दुलाल आलोचनात्मक सुझावहरु ग्रहण गनेमध्येका एक नेता मानिन्छन् । चुनावी क्षेत्रमा आफूले गरेको वाचा पूरा गर्नका लागि सधैंजसो जनताको माझ हुन चाहने उनको नौलो बानीले जनताहरु उत्साहीत छन् । 

दुई वर्षअघिदेखि आफूले गरेका बाचा पूरा गर्नका लागि अहिले मन्त्री दुलाल आफ्नो चुनावी क्षेत्रमा मात्र नभई समग्र प्रदेशभरको समस्या समाधानका लागि खटिइरहेको बताउँछन् । उनले प्रदेशका सबै जिल्लाहरुमा पुग्ने गरेको र जनताका समस्याहरु समाधानतर्फ देखाएको सक्रियताले उनलाई चुनावी क्षेत्रका मात्र नभई प्रदेशभरिकै जनताले नजिकबाट नियाल्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर