• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 07:53 pm

टर्कीमा पटका कारखानामा विष्फोट हुँदा कम्तीमा ४१ श्रमिक घाइते

एजेन्सी । टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा ४१ जना घाइते भएका प्रान्तीय सरकारले जानकारी गराएको छ । 

साकार्या प्रान्तको हेन्देक जिल्लामा रहेको कारखानामा विष्फोटपछि निस्किएको आगोको ज्वालासँगै निस्केको धुवाँको मुस्लोलाई टर्कीका राष्ट्रिय  टेलीभिजनलगायत स्थानीय सञ्चारमाध्यमहरूले प्रशारण गरेका छन् ।

उनीहरूले घटनामा मानवीय क्षति भने नभएको तर ४१ जना घाइते भएको साकार्या राज्यका गभर्नर केटिन ओकताय काल्दिरिमले ट्वीटरमार्फत् जानकारी गराएकाे छ ।

सरकारको दुर्घटना व्यवस्थापन निकायले विष्फोटलाई औद्योगिक दुर्घटना भएको बताएको छ । दुर्घटनाका समय कारखानामा करिब २०० जना रहेका तर मानवीय क्षति भने नभएको गभर्नर काल्दिरिमलाई उद्धृत गर्दै टर्कीको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले समाचारमा उल्लेख गरेको छ ।

समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आइनसकेको तर कारखानामा रहेका सबै कर्मचारीलाई उद्धार गरिसकिएको हेन्देकका नगर प्रमुख तुरगुत बाबाओग्लुले टीआरटी टेलिभिजनसँग बताए । आगलागी पछि अत्यधिक कर्मचारी आफै कारखाना बाहिर आएका थिए भने दर्जनौँ अन्यलाई उद्धार गरिएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा कोभिड–१९बाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्ष माथिका व्यक्ति

  • २० श्रावण, २०७७

नयाँ दिल्ली । भारतमा कोभिड–१९सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । मङ्गलबार

दक्षिण कोरियाः कोरोनाका संक्रमित बढे, भिषण वर्षाका कारण १३ को मृत्यु

  • २० श्रावण, २०७७

सिओल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना

चीनको युनान पुग्यो सलह, १० हजार हेक्टरबढी क्षेत्रमा लगाइएको बाली सखाप

  • २० श्रावण, २०७७

कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले