कोरोना संक्रमितको संख्या विश्वमा एक करोड १३ लाख नाध्यो
एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड १३ लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहान ६ बजेसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ५८ हजार ५ सय नाधेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार नाधेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।
प्रतिकृया दिनुहोस