• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित, एस्टन भिल्ला २–० ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे । जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।

दोस्रो स्थानको सिटीको ३२ खेलमा ६६ अंक रहेको छ ।  प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल र वेष्ट ह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर