• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नयाँ संक्रमण देखिएपछि स्पेनमा पुनः लकडाउन

एजेन्सी । नयाँ संक्रमण देखिएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसिया क्षेत्रमा पुनः लकडाउन गरिएको छ। अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो।

ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ। यसअघि क्याटलोनिया क्षेत्रमा पनि पुनः लकडाउन लगाइएको थियो। 

स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई लाख ५० हजार भन्दा बढी रहेको छ । त्यसमध्ये २८ हजार ३८५ जनाको ज्यान गएको छ । तर पछिल्लो तीनहप्तामा दैनिक मृत्यु हुनेको संख्या दोहोरो अंकमा छैन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर