• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वमा पछिल्लो २४ घण्टामा २ लाख बढी संक्रमित थपिए

काठमाडौं ।  विश्वमा पछिल्लो २४ घण्टामा २ लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर २ लाख १३ हजार ३४ जना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण पाँच हजार ५०७ जनाको मृत्यु भएको छ । 

थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६१ हजार ६०२ जना जना रहेका छन् । सोही सयमा अमेरिका ८७९ जनाको मृत्यु भएको छ ।  वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा ४१ हजार ५४१ जना संक्रमित थपिएका छन् भने एक हजार १८७ जनाको मृत्यु भएको छ ।  भारतमा २५ हजार ५७१ संक्रमित थपिँदा सोही अवधिमा ४९१ जनाको मृत्यु भएको छ ।  

रुसमा ६ हजार ५६२ जना संक्रमित थपिँदा १७३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ६ हजार २५८, पेरुमा तीन हजार ६३३, चिलिमा दुई हजार ६४ र पाकिस्तानमा दुई हजार ९८० जना संक्रमित थपिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर