• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विश्वमा ७० लाख बढी संक्रमित उपचारपछि निको भए

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छन् । यसरी विश्वभर रहेका १ करोड २१ लाख ६२ हजार ६ सय ६५ मध्ये ७० लाख बढी संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सले जनाएको छ । 

यसरी विश्वभर रहेका ७० लाख २९ हजार ५ सय १९ जना संक्रमित उपचारपछि घर फर्केका छन् । सबै भन्दा धेरै अमेरिकाका १३ लाख ९२ हजार ६ सय ७९ संक्रमित  निको भएका छन् । 

त्यस्तै ब्राजिलमा रहेका संक्रमित १७ लाख १६ हजार १ सय ९६ मध्ये ११ लाख १७ हजार ९ सय २२ जना संक्रमित उपचारपछि घर फर्केका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर