• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

स्पेनीस ला लिगा–बार्सिलोनाको उपाधि आशा कायमै, स्प्यानियोल रेलिगेसनमा

स्पेनीस ला लिगामा बार्सिलोनालेस्प्यानियोलमाथि एक शुन्यको जित हात पारेको छ ।

 जितपछि बार्सिलोनाले शिर्ष स्थानका रियाल मड्रिडसँगको दुरी एक अंकमा झारेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि एकमात्र गोल लुइस स्वारेजले गरे । रेलिगेसनमा परेको स्प्यानियोल विरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले ५६ औं मिनेटमा अग्रता बनायो ।

उसका लागि लुइस स्वारेजले गोल गर्न सफल भए । जारी सिजनमा उनको यो १५ औं गोल हो । त्यसपछि स्प्यानियोलखेलमा फर्कन सकेन र पराजित भयो ।

जितपछि बार्सिलोनाले ३५ खेलमा ७६ अंक बनाएको छ । शिर्ष स्थानको रियालको ३४ खेलमा ७७ अंक छ । यता पछिल्ला खेलमा लगातार हार ब्यहोरिरहेको स्प्यानियोलको मात्र २४ अंक छ ।

जारी सिजनमा रेलिगेसनमा पर्ने स्प्यानियोलपहिलो टिम बनेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर