• २०८१ मङ्सिर २० बिहीबार
  • Thursday, 5 December, 2024

आँखामा पट्टि बाँधेरै जम्बु पुगे सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रविसेस्थित जम्बु पुगेका छन् । उनी केहीबेरअघिमात्र घटनास्थल पुगेका हुन् । बिहानै सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेका थिए । तर, मौसम खराबी भएसँगै उनी धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएका थिए । 

केहीबेरमा मौसम सफा भएसँगै उनी पुनः सिन्धुपाल्चोक पुगेका हुन् । बाढीमा परेर २ जनाको मृत्यु भएको छ भने २० जना वेपत्ता भएका छन् । सभामुख सापकोटा घटनास्थलमा पुगेर क्षतिको विवरण लिएको र घाइतेहरुको बारेमा बुझ्ने काम भएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । 

त्यस्तै, बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले समाचार दैनिकलाई बताए । 

त्यस्तै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’, कानूनमन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, नेकपा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष झम्क नेपाल, नेकपा केन्द्रीय कमिटी सदस्य तथा युवा नेता माधव सापकोटा ‘सुबोध’ लगायतको उपस्थिति छ । 

तस्बिरहरु : श्रीधर न्यौपानेको फेसबुकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर