• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बेपत्ता भएका दक्षिण कोरियाको सियोलका मेयर पार्क वनको शव फेला

काठमाडौं ।  दक्षिण कोरियाको राजधानी सियोलबाटै बिहिबारदेखि बेपत्ता भएका मेयर पार्क वन सूनको शव फेला परेको छ ।पार्कको शव प्रहरीले सियोलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको बीबीसीले जनाएको छ।

उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक डिटेक्ट भएको थियो । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन ।उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्वमहिला कर्मचारीले यौन हिंसाको आरोपमा उजुरी दिएको खुलेको छ । उनी सन् २०११ देखि सियोलको मेयर थिए ।

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर