• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अविरल बर्षाका कारण माडीको बिभिन्न स्थान डुबानमा

चितवन । अविरल बर्षाको कारण चितवनका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ । बिहिबार रातीबाट निरन्तरको बर्षाले माडी क्षेत्रको विभिन्न स्थान डुबानमा परेको छ भने नदि कटानले जनजीवन प्रभावित बनेको छ । माडी नगरपालिका वाड नम्बर ७ मा रहेको त्रिबेणिधाममा परुइ खोलाले आसपासको क्षेत्र कटानी गरेको छ भने धाममा रहेको प्रतीक्षालय समेत बगाएको छ ।

बर्षाकै कारण माडीका अधिकाश खोलाहरु बढेको स्थानिय गिता विकले बताइन्। रिउ खोला बढेका कारण दिबानगर गाँउमा बाढी पस्ने खतरा समेत बढेको उनको भनाइ छ । यहि गतिमा बर्षा भैरहेमा मन्दिर समेत क्षती गर्न सक्ने गाँउलेहरुको भनाइ छ ।

दिबानगर गाँउका केही घरमा पानी पसेर क्षति गरेको छ । माडी क्षेत्रका अधिकाश ठाडा खोलाहरुमा पानीको बहाव बढेका कारण आवतजावतमा समेत समस्या भएको छ । माडीका घागर, टम्टा, टुनामुना, पतरे, बादरमुढे, मगुइ लगायतका खोलाहरुले कटानी गरि स्थानियहरुको खेतमा पसेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर