• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 08:39 pm

अमेरिकासँग अर्को वार्ताको कुनै अर्थ छैन : उत्तर कोरिया

प्योङयाङ् । उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएका छन् । 

उनले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वार्ताको कुनै अर्थ नहुने बताएका हुन् । उनको यो भनाई पछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ । 

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताएका हुन् । 

उनले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उनले बताएको समाचारमा जनाइएको छ । उनले यी दुइ देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भनेको सो समाचारमा उल्लेख गरिएको छ । 

अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको उनको भनाई छ । केही दिनमात्र अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए ।

उनको सो भनाइको केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखेका छन् । उनको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो ।

केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए । एएनआई

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा कोभिड–१९बाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्ष माथिका व्यक्ति

  • २० श्रावण, २०७७

नयाँ दिल्ली । भारतमा कोभिड–१९सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । मङ्गलबार

दक्षिण कोरियाः कोरोनाका संक्रमित बढे, भिषण वर्षाका कारण १३ को मृत्यु

  • २० श्रावण, २०७७

सिओल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना

चीनको युनान पुग्यो सलह, १० हजार हेक्टरबढी क्षेत्रमा लगाइएको बाली सखाप

  • २० श्रावण, २०७७

कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले