• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कोभिड–१९बाट ब्राजिलमा करिब ७० हजारको मृत्यु

रियो डे जानेरो । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।

गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९  जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ ।  

ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु  र ४० हजार भन्दा बढी संक्रमित  हुदै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर