• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 07:26 pm

बोलिभियाकी राष्ट्रपति चाभेज कोरोना संक्रमित

एजेन्सी । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्थानीय समयानुसार बिहीबार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । 

‘मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । बोलिभियाका स्वास्थ्य मन्त्री, केन्द्रिय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो ।

यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि कोरोनाभाइरसबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो ।  विश्वभरी अहिलेसम्म एक करोड २१ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये पाँच लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको जोन्स होप्कीन्स विश्वविद्यालयले छ । 

बोलिभियामा भने कोरोनाभाइरसबाट सक्रमितको संख्या झण्डै ४३ हजार पुगेको छ भने मृत्यु भएकाहरुको संख्या एक हजार पाँच सय भन्दा बढी पुगेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दक्षिण कोरियाः कोरोनाका संक्रमित बढे, भिषण वर्षाका कारण १३ को मृत्यु

  • २० श्रावण, २०७७

सिओल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना

चीनको युनान पुग्यो सलह, १० हजार हेक्टरबढी क्षेत्रमा लगाइएको बाली सखाप

  • २० श्रावण, २०७७

कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले

समुन्द्री तुफानले अमेरिकाको पूर्वी तटीय क्षेत्र प्रभावित

  • २० श्रावण, २०७७

एजेन्सी । समुद्री तुफान इसाइका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । इसाइका कारण विभिन्न क्षेत्रमा तीव्र गतिको हावा चल्नुका