• आइतबार ४-३२-२०७७/Sunday 08-16-2020/ 02:03 am

तनहुँ भिमाद रङ्गशालामा बन्यो शौचालय

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माणकार्य सम्पन्न भएको छ । जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु २५ लाखको लागतमा उक्त शौचालय निर्माण गरिएको हो । 

शौचालय निर्माणका लागि स्थानीय प्रगति टोल विकास संस्था, भिमाद युवा क्लब र जन शान्तिनगर युवा क्लबको सक्रिय सहयोग रहेको शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष उज्ज्वल खनालले जानकारी दिए । युरिनोसहित महिला, पुरुष र अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको हो । उनले भने, “शौचालयको माथिल्लो तलामा भिमाद नगर खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको छ ।” 

खेल खेल्नका लागि रङ्गशालामा आउने खेलप्रमीका लागि शौचालय नहुँदा अन्यत्र भौतारिनुपर्ने अवस्था थियो । उनले भने, “शौचालय निर्माणपश्चात समस्याको अन्त्य भएको छ ।” शौचालय भवन माथिल्लो तलामा खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको समितिका अध्यक्ष प्रेम थापाले बताए । भवन निर्माणपश्चात कार्यालयमा एक कार्यालय सहयोगी राखेर खेल्न आउने खेलाडीलाई आवश्यक खेल सामग्री उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

समितिले खेल सामग्री निःशुल्करूपमा उपलब्ध गराउने छ । उनले भने “फुटबल, भलिबल, बास्केटबललगायत खेल सामग्री समितिले व्यवस्था गर्नेछ, खेल खेल्न आउने खेलाडीले कुनै पनि खेल सामाग्री ल्याउनु पर्दैन ।” भिमाद रङ्गशालामा निर्माण गरिएको प्यारापिट दुई हजार ५०० क्षमताको रहेको छ । करिब ७५ मिटर लामो दूरीमा नौवटा स्टेज निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा उक्त रङ्गशाला निर्माण गरिएको हो । खेलकूद हेर्न आउने दर्शकका लागि बसेर हेर्न मिल्ने गरी उक्त प्यारापिट निर्माण गरिएको खनालले बताए  ।

विसं २०७६ चैत १ मा सम्झौता गरी २०७७ जेठ १५ मा रङ्गशाला सम्पन्न गरेको हो । उक्त रङ्गशाला निर्माण भएपछि प्रदेशस्तरीय खेल प्रतियोगिताको लागि सहज हुने विश्वास गरिएको छ । प्रदेश सरकारद्वारा उक्त रङ्गशालाका लागि पुनस् रु २५ लाख थप बजेट विनियोजन भइसकेको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा कोरोना संक्रमण

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । जनकपुरधामस्थित प्रादेशिक

सिरहाको औरही गाउँपालिकामा व्यापक अनियमितता

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । कुनै पनि संस्थाले हरहिसाब बुझाउँदा कुन शिर्षकमा कती खर्च भयो त्यो छुट्याएर प्रस्तुत गर्नु पर्ने हुन्छ । तर, प्रदेश दुईको सिरहा जिल्लाको

घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु 

  • ३१ श्रावण, २०७७

झापा  ।  निर्माणाधीन घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिक गम्भीर घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय