• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘जिहादी दुलही’ समिमा बेगम

काठमाडौं । परिस्थितिले कहिलेकाहीँ सोच्दै नसोचेको र अनौठो अवस्था सिर्जना गरिदिन्छ । सन् २०१९ को फेब्रुवरी माहिनको तेस्रो हप्तामा प्रकाशित र प्रसारित समाचारले एक यस्तै, अति नै अनौठो अवस्था सृजना भएको जनाएका थिए ।

जुन देशको नागरिक हो त्यस देशले आफ्ना नागरिकलाई भनेको छ– ‘तिम्रो नागरिकता रद्द गरिएको छ, अब तिमी यस देशको नागरिक होइन । यो देशमा बस्ने तिम्रो कुनै अधिकार छैन ।’ कुनै देशको सरकारले आफ्नै देशको कुनै नागरिकलाई यस्तो भनेको सुन्दा कसलाई आश्चर्य न लाग्ला ?

ग्रेट ब्रिटेन अर्थात् बेलायतकी नागरिक समिमा बेगममाथि यस्तै भयो । सिरियामा एक शरणार्थी शिविरमा बसिरहेकी समिमाले आफ्नो देश फर्कने इच्छा व्यक्त गरेपछि बेलायत सरकारले भन्यो– ‘तिम्रो नागरिकता विदेश मन्त्रालयको निर्णयअनुसार रद्द गरिएकाले तिमीलाई संयुक्त अधिराज्य आउने अधिकार छैन । तिमी अब उप्रान्त बेलायतको नागरिक होइनौं ।’

तर लण्डनस्थित एक अदालतले २० वर्षीया समिमा बेगमलाई बेलायत फर्कन अनुमति दिने बताएको छ । उनले बेलायत फर्किएर आफ्नो नागरिकतालाई समाप्त पारिदिएको विरुद्ध कानुनी लडाई लड्न सक्ने अपिलीय अदालतले बताएको छ ।

मानवाधिकार संगठन लिबर्टीले अदालतको फैसलालाई स्वागत गरेको छ । यही संस्थाले नै समिमाको मुद्दामा कानुनी मद्दत गरेको थियो । निष्पक्ष ट्रायलको अधिकार न्यायिक प्रणालीको आधारभूत आधार भएको र न्यायसम्म बराबर पहुँचको सिद्धान्त सबैमा लागू हुनुपर्ने संस्थाको भनाई छ । यद्यपि, अदालतको यस ताजा फैसलापछि बेलायतको गृह मन्त्रालयले निराशा व्यक्त गर्दै यस विरुद्ध अपिल गर्ने फैसला गरेको छ ।

.......
किन रद्द गरियो नागरिकता ?

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भयो । त्यो युद्ध निकै लम्बियो । उक्त गृहयुद्धमा सिरियाली सरकारले एउटा पक्ष थियो भने विपक्षमा सिरियाका नागरिकहरुको सङ्गठनलगायत अन्य विभिन्न विदेशी सङ्गठनसमेत थिए । ती विभिन्न विदेशी पक्षहरुमध्ये एउटा पक्ष थियो आइएस (Islamic State) । आइएसलाई Islamic State of Iraq and the Levant पनि भन्ने गरिन्छ साथै यस सङ्ठनलाई Islamic State of Iraq and al-Sham एवम् Islamic State, Iraq and Syria पनि भन्ने गरिन्छ ।

तर, छोटकारीमा भने यस सङ्ठनलाई आइएस भन्ने गरिन्छ । यो एक अति नै कट्टर धार्मिक सङ्गठन होे । यसले सिरिया र इराकलाई जोडेर एक धार्मिक राज्य बनाउन चाहान्छ । यो सङ्गठनमा लागेकाहरुलाई सलाफी जेहादिस्ट भन्ने गरिन्छ । सुन्नी मुसलमानहरुको यो सङ्गठनले सलाफी (Salafi) सिद्धान्तअनुसार धार्मिक राज्य सञ्चालन गर्ने उद्देश्य राखेको थियो । यो सङ्गठन सन् १९९९ देखि सक्रिय भएको हो र अहिलेसम्म (२०२०) सक्रिय छ । तर, कसैले यो सङ्गठन समाप्त भयो पनि भनेका छन् । यस्तो विश्वास गर्नेहरुको संख्या धेरै छ ।

यो सङ्गठनको प्रमुख अबु बकर अल–बगदादी थिए । सिरियामा गृहयुद्ध प्रारम्भ भएसँगै आइएसले पनि त्यस क्षेत्र (सिरिया र इराक) मा धार्मिक राज्य स्थापना गर्ने उद्देश्यले रक्तपातपूर्ण सङ्घर्ष आरम्भ गरेको थियो । सिरियाको सरकारी सेना र अन्य सरकारविरोधी पक्षहरुलाई सिरियाको विभिन्न स्थानबाट हटाएर ती स्थानमा आफ्नो नियन्त्रणमा कायम गरेको थियो । र, त्यहाँका बासिन्दालाई आफ्नो धर्म–पद्धतिअनुसार चल्न बाध्य पारेको थियो । आइएसको आदेश नमान्नेहरुको टाउको काटेको दृश्य सहितको भिडियो सार्वजनिकसमेत गरेको थियो । यो सङ्गठनले सरकारी सुरक्षाकर्मी (सिरियाली सरकार), पत्रकार, अन्य सङ्गठनका व्यक्ति एवम् यो सङ्गठनको सिद्धान्तको अवहेलना गर्नेहरुलाई निर्मम किसिमले, टाउको काटेर, सजाय दिएको भिडियो पनि सार्वजनिक गरेको थियो । 

यस किसिमको हत्या, हिंसा र आतङ्कमा लागेको देखेर धेरै राष्ट्रहरुले यो सङ्गठनलाई ‘आतंकवादी सङ्गठन’ को सूचीमा राखेका थिए । संयुक्त राष्ट्रसंघले पनि यो सङ्गठनलाई आतङ्कवादी सूचीमा राखेको थियो । राष्ट्रसंघले यो सङ्गठनमाथि जातीय सम्हार गरेको, युद्ध अपराधमा संलग्न भएको एवम् ठूलो मात्रामा मानवाधिकारको हनन गरेको दोष लगाएको थियो । आफ्नो उद्देश्य (धार्मिक राज्यको स्थापना) पूर्तिका लागि सिरियामा प्रारम्भ भएको सङ्घर्षमा सहयोग पु¥याउन संसारभरिका व्यक्तिहरुलाई आइएसले अनुरोध गरेको थियो । 

भिडियोलगायत सञ्चारका अन्य माध्यम उपयोग गरेर सिरिया आउन, आफूले सञ्चालन गरेको जेहादमा भाग लिन, खासगरी युवाहरुलाई, उत्प्रेरित गरेको थियो । संसारभरिका विभिन्न मुलुकहरु जस्तै– इटली, फ्रान्स, नेदरल्यान्ड्स, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, टर्की, स्पेन, पाकिस्तान, अफगानिस्तानबाट अनेक महिला एवम् पुरुषहरु आइएसलाई सहयोग गर्न सिरिया पुगेका थिए । आइएसको यस्तै अनुरोध सुनेर त्यस सङ्गठनलाई सहयोग गर्न सन् २०१५ मा १५ वर्षको उमेरमा समिमा बेगम पनि सिरिया पुगेकी थिइन् । उनी आइएसको सक्रिय सदस्य भएकी थिइन् । समिमाले सिरियामा नै सङ्घर्षरत एक सहकर्मी योद्धासँग विवाह गरेकी थिइन् । उनका पति धर्म परिवर्तन गरेर इस्लाम भएका एक डच (नेदरल्यान्ड्सका नागरिक) थिए ।

समिमाले सिरियामा तीन सन्तानलाई जन्म दिइसकेकी छिन्, तर पहिलेका दुई सन्तानको राम्रो स्याहार नपाएर मृत्यु भएको थियो । उनी सिरियाली शरणार्थी शिविरमा आउँदा गर्भवती थिइन् । शिविरबाटै अन्तराष्ट्रिय सञ्चारमाध्यम मार्फत् उनले जीवित रहेको तेस्रो सन्तानलाई हुर्काउन उनले स्वदेश (ग्रेट ब्रिटेन) फर्किन पाउन माग गरेकी थिइन् । आइएसको सक्रिय सदस्य भएको र आइएसले गरेको मानवताविरोधी कार्यमा सहभागी भएको कसुरमा बेलायत सरकारले मन्त्रीस्तरीय निर्णयद्वारा समिमा बेगमको बेलायती नागरितका रद्द गरेको थियो । 

समिमा बेगमको ब्रिटिस नागरिकता रद्द गरिएको खबर ब्रिटिस सरकारले सन् २०१९ को जनवरीको तेस्रो हप्तातिर सार्वजनिक गरेको थियो । उनी संयुक्त अधिराज्य आउन खोजीरहेकी थिइन्, तर सरकारले आउने अनुमति दिइरहेको थिएन । आपूm आफ्नो नवजात शिशुसहित संयुक्त अधिराज्य जान इच्छुक रहेको खबर समिमाले सन् २०१९ को जनवरीको दोस्रो हाप्तामा विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएर जनाएकी थिइन् । त्यसपछि उनको बेलायत फिर्तालाई लिएर विश्वभर एक सार्वजनिक बहस नै सुरु भएको थियो । बेलायत सरकारले समिमाको बेलायती नागरिकता रद्द गरे तापनि सरकारको सो निर्णय (नागरिकता रद्द गर्ने) विरुद्ध त्यहाँको उच्च अदालतमा उनले ‘अपिल’ गर्न पाउँनेछिन् ।

.....
कसरी भयो अलपत्रको स्थिति ?

‘१९८१ ब्रिटिस नेसनालिटी एक्ट’ अनुसार जनताको हितमा कुनै व्यक्तिको नागरिकता रद्द गर्नु उचित हो भन्ने कुरा ‘होम सेक्रेटरी’ लाई लागेमा र त्यो व्यक्ति राज्यविहीन हुने स्थिति सिर्जना नभएमा कुनै व्यक्तिको नागरिकता रद्द हुन सक्छ । समिमा बेगमकी आमा बङ्गलदेशी भएको हुनाले समिमाले आमाको अधिकारद्वारा बङ्गलादेशको नागरिकता पाउने र सोही आधारमा (समिमा राज्यविहीन नहुने) ब्रिटिस सरकारले समिमाको नागरिकता रद्द गरेको चर्चा चलिरहेको सन्दर्भमा बङ्लादेशको विदेश मन्त्रालायले २०१९ फेब्रुवरीको दोस्रो साता तिर ‘समिमालाई बङ्गलादेश आउन नदिने निर्णय गरेको’ घोषणा गरेको थियो । 

आफ्नो उक्त निर्णय (समिमालाई बङ्गलादेश प्रवेश गर्न नदिइने) को बचाउ गर्दे बङ्लादेशको विदेश मन्त्रालयले ‘समिमा बङ्गलादेशी नागरिक हुन् भनी गलत किसिमले उल्लेख गरिएको छ’ भनेको थियो । साथै मन्त्रालयले समिमाले कहिल्यै पनि बङ्गलादेशको नागरिकता पाउन आवेदन नदिएको र अहिलेसम्म एकपटक पनि बङ्गलादेशको भ्रमण नगरेको उल्लेख गरेको थियो । साथै मन्त्रालयले ‘आतङ्कवाद र हिंसापूर्ण अतिवादप्रति बङ्गलादेशको शून्य सहनता’ नीति रहेको पनि भनेको थियो । अर्थात् घुमाउरो किसिमले समिमा आतङ्कवादी सङ्गठनको सदस्य रहेकाले बङ्गलादेश आउन पाउने उनको सम्भावना शून्य हुन पुगेको भन्न खोजेको थियो । 

अर्कोतिर समिमा स्वयम्ले पनि आफ्नो जन्म ब्रिटेनमा भएको, आपूm कहिल्यै पनि बङ्गलादेश नगएको र आपूmलाई त्यहाँको भाषा (बङ्गाली) समेत नआउने भनी आफ्ना अनेक अन्तर्वार्ताहरुमा उल्लेख गरेकी थिइन् । समाचारहरुले जनाएअनुसार समिमाले डच नागरिकता पाउने सम्भावना शून्यबराबर थियो । डच सरकारको नजरमा समिमा र उनका डच पति दुवै आतङ्कवादमा लागेका र उनीहरुबीच भएको विवाह कानुनी नरहेकाले समिमाले डच नागरिकता नपाउने समाचारहरुले उल्लेख गरेका थिए । समिमा सिरियाको शरणार्थी शिविरमा रहँदा नै उनका डच पति सन् २०१९ फेब्रुवरी तिर सिरियाको कुनै सङ्घर्षरत सङ्गठनको कब्जामा थिए । उनले सन् २०१९ को जनवरी महिनामा त्यस सङ्गठनसमक्ष आत्मसमर्पण गरेका थिए । माथि उल्लेख गरिएका अनेक किसिमका समस्याहरुले सिर्जना भएको विशेष परिस्थितिले गर्दा समिमा राज्यविहीन अवस्थामा पुगेकी थिइन ।

..............
समिमाको मानसिक अवस्थाः

शरणार्थी शिविरबाट आपूmले दिएका अनेक अन्तर्वार्ता वा उनीद्वारा जारी वक्तव्यहरुमा समिमाले सिरिया पुगेर जेहादीहरुलाई सघाएकोमा आफूलाई कुनै पनि किसिमको ग्लानि नभएको उल्लेख गरेकी थिइन् । बरु बन्दीहरुलाई उनीहरुको टाउको काटेर आइएसका जेहादीहरुले सजाय दिएको देखेर आपूmले आइएसप्रति सकारात्मक धारणा बनाएको बताएकी थिइन् । उनले आइएसको शासनमा नागरिकको जीवन असल हुने ठानेकी थिइन् । आइएसले गरेको सबै किसिमका कार्यहरुप्रति आफ्नो समर्थन नरहेको पनि जनाएकी थिइन् । 

समिमाका यस्ता कुरा सुनेर ब्रिटेनका धेरै नागरिक क्रुद्ध भएका थिए । खासगरी बेलायतमा भएका आतङ्कवादी घटनाका सिकारहरु निकै क्रुद्ध भएका थिए । तर, पछिल्ला अन्तर्वार्ताहरुमा समिमाले आपूmले ठूलो भूल गरेको स्वीकार गरेकी थिइन् । आफ्ना ती कार्यहरुप्रति ठूलो पश्चाताप रहेको पनि बताएकी थिइन । एक अन्तवार्तामा उनले भनेकी थिइन्– ‘जेहादमा लागेको समयमा म युवा थिएँ, सोझो र अनुभवहीन थिएँ ।’ उनका पतिलाई आइएसले यातना दिएको र थुनामा राखेको देखेर समिमाको आइएसप्रतिको धारणा नकारात्मक हुन पुगेको थियो । 

आइएसबाट छुटकारा पाउन कोसिस गर्दा उनीहरुले आफ्नो ज्यान लिने भएकाले आइएसको पञ्जाबाट मुक्त हुन नसकेको बताएकी थिइन् । हुन पनि समिमा आइएसको कब्जामुक्त भएर शरणार्थी शिविरमा आउँदा, सन् २०१९ मा उनको उमेर केवल १९ वर्षको थियो । र यस्तो कलिलो उमेरमा, पढ्ने लेख्ने उमेरमा, समिमा राज्यविहीन मात्र होइन, एक अनिश्चित भविष्यको शिकार हुन पुगेकी थिइन् ।

.......
कसरी मुक्त भइन् आइएसको कब्जाबाट ?

सिरियामा सङ्घर्षरत आइएसले चौतर्फी हमलाको सामना गर्नुपरेको थियो । यो सङ्गठनलाई नियन्त्रण गर्न एवम् सिरियाबाट निकाल्न सिरियाको बसार अल–असद नेतृत्वको सरकार, सिरियाली सरकारविरmद्धमा लडिरहेका सिरियाका अन्य विभिन्न सङ्गठन एवम् सिरियाली सरकारको पक्षमा र विपक्षमा सङ्घर्षरत विभिन्न सङ्गठन जोडतोडका साथ लागेका थिए । थुपै्र जेहादीहरु विभिन्न सङ्गठनको कब्जामा पर्दै थिए र आइएसको शक्ति सिरियामा क्षीण हुन पुगेको थियो । 

सन् २०१९ को फेब्रुवरीतिर आइएसको गतिविधि सिरियाको बागुज भन्ने स्थानमा मात्र केन्द्रित हुन पुगेको थियो । यो स्थानमा उक्त सङ्गठनको पहिलेदेखि बलियो पकड थियो । बागुजमा चौतर्फी हमला खेपरिहरेको आइएस कमजोर हुन थालेपछि आपूm बसेको बागुज छाडेर समिमा सिरियाको एक शरणार्थी शिविरमा शरण लिन पुगेकी थिइन । 

(विश्वराज अधिकारी पुस्तक ‘अचम्म’का लेखक हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर