• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 07:04 am

महामारीमा पनि यो कस्तो पत्रकारिता ? 

विश्वलाई आक्रान्त बनाइरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको त्रास अझै सकिएको छैन् । नेपालसहितका विभिन्न मुलुकहरुमा दैनिकि केही सहज भएपनि संक्रमणको त्रास भने हटेको छैन् । विभिन्न औषधि उपचारको अनुसन्धान भइरहेको भएपनि यस रोगलाई निको पार्ने औषधि विश्वले पत्ता लगाउन सकेको छैन् । कोरोना रोकथामका लागि लगाइएको लकडाउन कतिपय देशमा विस्तारै खुल्ने क्रममा छ । महामारी कहिले नियन्त्रणमा आउने टुंगो छैन । 

विश्व नै महामारीमा परिरहेको यो अवस्थामा नेपालमा भने विभिन्न राजनीतिक विषयवस्तुहरुले चर्चा पाइरहेका छन् । केन्द्रदेखि स्थानिय तहसम्मले यो महामारीमा पुर्याउनपर्ने विशेष सतर्कतातिर भन्दापनि भ्रष्टाचार, राजनीतिक खिचातानि, पदीय लोभ, कुर्सीको बाँडफाँट, सत्तारुढ दलभित्रको आन्तरिक अन्तसंघर्ष लगायतका विषयमा नै महामारीको यो समय बढी चर्चा भयो ।

यस्तो अवस्थामा हाम्रो दशको एउटा प्रसिद्ध जिल्ला झैझगडाका कारण चर्चामा आइरहेको छ । 

त्यो जिल्ला हो नुवाकोट । संघीय राजधानीसँग उत्तरी भेगमा जोडिएको जिल्ला । अचेल खुब चर्चामा आइरहेको छ पत्रकार र नेताहरुका बीचमा हुने गरेका विवादका कारण । विवादमा पत्रकारहरुको दोष हो या कार्यकारी पदमा आसिन व्यक्तिहरुको, यो बुझ्न कठिन भइरहेको छ । नुवाकोट हुन त कुखुराले पनि राजनीति गर्ने थलो भनेर कतिपय व्यक्तिहरुले भन्ने गरेका छन् । गएको महिना मात्रै नुवाकोटकै तारुका गाउँपालिकाको नीति तथा बजेट प्रस्तुत कार्यक्रममा कांग्रेसका नेताहरुले पत्रकारमाथि दुव्र्यवहार गरेको र क्यामेरा तोडफोड गरेको घटना बाहिर आएको थियो । 

उच्च पदमा आसिन ब्यक्तिहरुले पत्रकारहरुलाई सूचना संकलन गर्न नदिएकोमा अशोभनीय घटनाले सामाजिक संजाल रंगिएको हामीले प्रायः देखिरहन्छौ । 
कतिपयले त्यस्तो प्रकारका कार्य गर्दा राम्रै गरे भन्ने र भनिरहेका पनि पाइए । घटना के विषयमा थियो, त्यो नखुल्दा को सही को गलत भन्न मिल्दैन । पत्रकारमा पनि रवाफ देखाउँने तुजुक बढ्यो कि कतै? अनेकन प्रश्न उब्जिए । आखिर भएको के हो त ? के बिषयलाई लिएर त्यस्तो अवस्था उपस्थित भयो ? यी प्रश्नहरु अनुत्तरित छन् । 

देश कोरोना महामारीविरुद्ध जुधिरहेको बेला स–साना स्वार्थमा अल्झिएर एक अर्काविरुद्ध आरोप प्रत्यारोप हुनु ठीक होइन । र, राजनीतिक दलसँग जोडेर हेरिनु झनै ठीक होइन । कार्यकारी अध्यक्ष भइसकेको व्यक्ति जनाताको सेवा गर्छु भनेर आएको हुन्छ । यो कदापि बिर्सनु हँुदैन । पत्रकारले पनि नागरिकलाई सत्यतथ्य सूचना संप्रेषण गर्ने दायित्व भुल्नु हुँदैन । 
बिभिन्न संस्थाका प्रमुखबाटै यस्तो क्रियाकलाप भएको, यदि हो भने, आश्र्चयजनक मात्र छैन, सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रश्न खडा गरेको छ । पत्रकारमाथि बारम्बार प्रहार भइरहेको छन् । गल्ती कमजोरी गर्दा नेता र नेतृत्वको आलोचना हुनु स्वभाविक नै हो । बिना गल्ती, गाली, बदनामी सहनुपर्ने अवस्था आमसञ्चारको नयाँ माध्यमको रुपमा आएको सामाजिक सञ्जालले सृजना गरिरहेको छ वास्तवमा । यस्ता सञ्जालहरुका कारण गैरजिम्मेवारीपन र छाडापन बढेको गुनासाहरु आइरहेका छन् । नभन्दै धेरै विकृति पनि बढेको छ । यसैकारण आजकाल सरकार र पत्रकारबीच त्यति राम्रो सम्बन्ध बन्न सकेको छैन । दुई वक्षबीच टसल छ । 

लोकतन्त्रमा आमसञ्चार अपरिहार्य हुन्छ । यसमाथि किञ्चित, कतै संशय छैन । तर प्रेस स्वतन्त्रता भनेको मनपरी, अराजकता र उदण्डतासहितको स्वच्छन्दता पनि होइन । सामाजिक सञ्जालहरुलाई सञ्चारकै चस्माले हेर्नु पनि ठीक होइन । यसलाई चिया पसलको गफजस्तै भन्ेर बुझ्नुपर्छ । कतिपय नेता तथा पत्रकारहरु आफू भाइरल बन्ने र बनाउने क्रममा पत्रकारितालाई संकुचन गर्न खोज्दै छन् । यस्ता गलत प्रवृत्ति तथा अभ्यासबाट अहिलेका पत्रकार र पत्रकारिता मुक्त भएर जनउत्तरदायी बन्नु र नेताहरुलाई बनाउनु जरुरी छ । 

सैद्धान्तिक हिसाबमा पत्रकार सत्ताको प्रतिपक्ष हुन्छ, हुनुपर्छ । कतिपय पत्रकारहरु दोहोरो तेहोरो भूमिकामा पनि छन् । पत्रकारको परिचय दिन रुचाउने व्यक्ति अर्को ठाउँमा फाइदा अनुसार शिक्षक, व्यापारी, राजनीतिकर्मी लगायतका रुपमा प्रस्तुत भइरहेका छन् । प्रहरी, प्रशासन तथा व्यापारीसँग मात्र होइन कि तस्करसँग पनि त्यस्ताका हिमचिम बाक्लै भइरहेको सुनिन्छ । भनाइ नै छ नि हावा नचली पात हल्लिदैन ।
यस्ता क्रियाकलापले समाज पनि पत्रकारहरुसँग सशंकित भएको पाइन्छ । अनि वास्तविक पत्रकारहरु ओझेलमा परिरहेका छन् ।

पछिल्ला केही वर्षयता पार्टीको पक्षमा रहेर पत्रकारिता गर्ने र कुनै एक नेताको अमुक हुँदै गएकोले पत्रकारिता खाल्डोमा पर्ने डर बढ्दो छ । दलीय प्रभावमा सञ्चालित पत्रकारिताको अन्त्य भए राम्रो, नभए पनि संयम धारण गरेर स्वभाव परिमार्जन गर्दै जानुपर्छ । झन् यस्तो कठिन समयमा अरु उत्तरदायी भएर काम गर्नुपर्छ । 

उत्तरदायी नहुँदा न नेताको इज्जत रहन्छ, न त पत्रकारहरुको विश्वसनीयता । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारत–चीनबीचको सर्कसको डोरीमा हिडिरहको नेपाल 

  • १७ श्रावण, २०७७

नयाँ दिल्लीले आफ्नो हिमालय छिमेकी देशसँग आफ्ना व्यवहारमा भारी–हात र अपमानजनक शैली अपनाउँदै आएको छ । जसले समुन्द्रसम्म पहुँचका लागि ऊमाथि

Corruption is a chronic disease of Nepal

  • १६ श्रावण, २०७७

Unfortunately in our country, corruption has been part of our life and has entered every basic area of Nepalese Corruption is the process by which a word or expression is changed from its original state to one regrade as erroneous or debased or it can also be defined as a form of dishonesty or criminal offense undertaken  by people, authority, organization, public servant or

खेल सिद्धान्तः उभयसंकटको स्थितिमा ओली–प्रचण्ड दुविधा

  • १४ श्रावण, २०७७

खेल सिद्धान्त एक गणित विषयको शाखा हो तर, यसलाई समाजशास्त्र, राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा समेत प्रयोग गरेर हेरिन्यो । सिद्धान्तले