• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

चिनियाँ र अष्ट्रेलियाका राजदूतको टुइटरमा भिडन्त

एजेन्सी । भारतमा कार्यरत चीन र अस्ट्रेलियाका राजदूत शुक्रबार ट्‍विटरमा भिडेका छन्। एक बजे चिनियाँ राजदूत सुन वेइदोङले एउटा ट्विट गरेका थिए।

‘‘भारतमा अस्ट्रेलियाको उच्चायोगले दक्षिण चीन सागरबारे तथ्यलाई उपेक्षा गर्दै बोलेको छ,’’ वेइदोङले ट्‍विट गरे, ‘‘चीनको क्षेत्रीय सम्प्रभुता तथा समुद्री अधिकार नियममुताबिक छ। यो एकदम स्पष्ट छ, कुन इलाकामा को शान्ति र सुरक्षाका लागि काम गरिरहको छ र को अस्थिरता निम्त्याउन भड्काइरहेको छ।’’

यसको जवाफमा भारतका लागि अस्ट्रेलियाली उच्चयुक्त बरी ओ फारेलले ट्‍विट गरे, ‘‘भारतका लागि चिनियाँ राजदूत तपाईंलाई धन्यवाद। म विश्वास गर्छु, तपाईंले २०१६मा भएको दक्षिण चीन सागरमाथि अन्तर्राष्ट्रिय अदालतको फैसला पालना गर्नु हुनेछ। साथै, एकतर्फी कारवाहीबाट पनि तपाईं बच्नु हुने छ, जसले यथास्थिति बदलिदिन्छ।’’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर