• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भियतनाममा कोभिड–१९ संक्रमणबाट पहिलो मृत्यु

एजेन्सी । भियतनाममा कोभिड–१९ को संक्रमणबाट पहिलो पटक दुई व्यक्तिको मृत्यु भएको छ । त्यहाँको सरकारकी सञ्चारमाध्यमका अनुसार, शुक्रबार सेन्ट्रल सिटी आई एनमा ७० वर्षीय एक पुरुषको मृत्यु भएको हो । 

यस मृत्युसँगै भियतनाममा कोभिड–१९बाट हुने शून्य मृत्यु रेकर्डको सिलसिलालाई तोडेको छ । उक्त व्यक्तिको मृत्यु भएको केही घण्टापछि अर्को ६१ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।

सञ्चारमाध्यमका अनुसार यी दुवै व्यक्तिको स्वास्थ्य अवस्था समान रुपले गम्भिर हुँदै गइरहेको थियो । पछिल्लो तीन महिनामा भियतनाममा स्थानी स्तरमा कोभिड–१९ संक्रमणको कुनै पनि घटना अगाडी आएको थिएन । 

तर यसै साताको सुरुवातमा दा नाङ्ग रिसोर्ट नजिकै कोरोना संक्रमण फैलिएको बताइएको थियो । २५ जुलाईदेखि यता उक्त क्षेत्रमा कोरोनाका ९३ संक्रमित भेटिएका छन् जसका कारण पुरै सहरमा लकडाउन लागू गरिएको छ । 

करिब ९.५ करोड जनसंख्या रहेको भियतनाममा हालसम्म जम्मा ५४६ कोरोना संक्रमित छन् । भियतनाममा कोरोना संक्रमणको पुष्टि हुनअघि देखि नै सीमाहरुलाई बन्द गरिएकाले यस देशभित्र संक्रमण त्यति धेरै फैलिन पाएन । 

विदेशबाट आएका आफ्ना नागरिक बाहेक अन्यलाई भियतनाम प्रवेशमा निषेध गरिएको थियो भने स्वादेश फर्किएका नागरिकलाई १४ दिन सरकारी क्वरेन्टिनमा राखिएको थियो र परीक्षणमा नेगेटिभ आएपछि मात्रै घर पठाइने गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर