• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 01:11 am

सशस्त्र प्रहरीका थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

ईलाम । इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
     
यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए । 

बाँकी सशस्त्र प्रहरीको स्वाब सङ्कलनको तयारी भइरहेको बताइएको छ । आज (शनिबार)पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा कोरोना रिपोर्ट नआई घर पुगे संक्रमित, टोल नै सिल

  • २५ श्रावण, २०७७

पाल्पा । केही दिनदेखि सुन्य संक्रमित रहेको पाल्पामा आइतबार थप एक युवामा कोरोना संक्रमण पुष्टि भयो । १० दिनअघि भारतबाट आएका ती संक्रमित युवा रम्भा

दमकमा एक जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

  • २५ श्रावण, २०७७

झापा । झापाको दमकमा गत बुधबार स्वाव संकलन गरिएको एक जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पोजिटिभ देखिएका सशस्त्र प्रहरी ( पुरुष) हुन् ।

पाल्पामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • २५ श्रावण, २०७७

पाल्पा । केही दिनदेखि सुन्य संक्रमित रहेको पाल्पामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको