• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

साबिक विजेता राफायल नाडालले युयस ओपन टेनिस नखेल्ने

एजेन्सी । साबिक विजेता राफायल नाडालले यो वर्षको युएस ओपन टेनिस नखेल्ने निर्णय गरेका छन् ।

अगस्टको अन्तिमदेखि सुरु हुने युएस ओपन टेनिसमा सहभागी नहुनेको कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर हुनु रहेको नाडालले उल्लेख गरेका छन् ।

विश्व नम्बर दुई स्पेनिस नाडालले न्यूयोर्कमा हुने प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गर्ने अहिलेसम्मका सबैभन्दा प्रभावशाली खेलाडी हुने ।

३४ वर्षका नाडालले भनेका छन्, ‘संक्रमण बढ्दै गएकाले विश्वभर स्वास्थ्यको अवस्था निकै जटिल छ । यस्तो परिवेशमा कहिल्यै लिन नचाहेको निर्णय गर्न बाध्य भएँ । तर मैले यो समय मनको कुरा सुनेँ र यस्तो बेला यात्रा नगर्ने निर्णय गरेँ ।’

सर्बियन नोभाक जोकोविच भने खेलमा सहभागी हुने छन् । यस्तै अमेरिकी सेरेना विलियम्स पनि खेल्ने तयारीमा छन् । नाडालले सन् २०१६ को विम्बल्डन यता पहिलोा पटक ग्राण्डसलाम टेनिस गुमाउने भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर