दार्चुलामा चार वर्षको अबधिमा ३० वटा बलात्कारका घटना

दार्चुला । चार वर्षको अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटनामा आफन्त तथा चिनजानकैबाट बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्तीकरणीका घटना बढ्दै गएका छन् । अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै घटना प्रहरीसम्म पुगेका छैनन् । आर्थिक वर्ष २०७३/०७४ मा तीन जबर्जस्तीकरणी तथा दुई जबर्जस्तीकरणी उद्योगका मुद्दा दर्ता भएका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७४/०७५ मा पाँच जबर्जस्तीकरणीका मुद्दा दर्ता भएका छन् । 

यसैगरी आव २०७५/०७६ मा पाँच जबर्जस्तीकरणी र दुई जबर्जस्तीकरणी उद्योगका मुद्दा दर्ता भएका छन् भने आव २०७६/०७७ मा जबर्जस्ती करणीका आठ तथा जबर्जस्तीकरणी उद्योगका छ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए । बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेका प्रहरीको तथ्याङ्क छ । अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन् । अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन् । 

केहिले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुव्र्र्यवहारका घटना जानकारी दिँदा आफू समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेका इन्सेकले जनाएको छ । अहिले पनि दुर्गम क्षेत्रबाट बलात्कार तथा यौन दुव्र्यवहारका घटना बाहिर आउन सकेका छैनन् । स्थानीय तहका न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिनसक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर