• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अध्यक्षद्वयकाे छलफल सकियाे, नेकपा विवाद समाधान उन्मुख 

काठमाडौं । आन्तरिक विवादको उत्कर्षमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधान उन्मुख देखिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो एक साता भेटघाट समेत बन्द भएको अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार झण्डै ३ घण्टा  भएको छलफल सकारात्मक भएको छ ।

भेटमा सहभागि एक नेताका अनुसार अहिले पार्टी र सरकारमा देखिएका समस्या समाधान गरेर अघि बढ्न प्रधानमन्त्री केपी शर्माओली पनि सकारात्मक देखिएपछि अध्यक्ष प्रचण्डले यसलाई समाधान उन्मुख भनेर व्याख्या गरेका छन् । ‘आजकाे छलफल विवादकाे समाधानउन्मुख भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले समाचार दैनिकसँग भने ।

पार्टीको नीति र विधि विपरित सरकार चलेको, एकलौटी गरेको, देश र जनताको पक्षमा सरकारले काम गर्न नसकेको लगायतका आरोप लगायउदै प्रधानमन्त्री केपी ओली खेमा बाहेकका नेताहरुले उनको राजिनामा माग गरेका थिए । बरु पार्टी फुटाउने तर दुवै पदबाट राजिनामा नदिने अडान ओलीले लिएपछि अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल पक्ष ललिचो बनेको छ । 

सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएमा त्यसमाथि छलफल गरेर सर्वसम्म ढंगले अहिले उठेका सवालहरुलाई सम्बोधन गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गर्न सकिने ठाँउमा प्रचण्ड नेपाल पक्ष पुगेको छ । 

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष र केही सहयाेगी नेताबीच ११ बजेबाट सुरु भएको सो छलफल साढे दुई घण्टा भन्दा धेरै चलेकाे थियो।

‘हप्ता दस दिन होइन, हप्ताभन्दा यतै । पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो ? बिहीबारबाट एकदुई भनेर काउन्टडाउन सुरु गर्नुहोला’, प्रधानमन्त्रीओलीले बुधबार एपी वान टिभीकाे कार्यक्रममा बाेल्दै भनेका थिए, 'नेकपाकाे विवाद अबको ५ दिनमा समाधान हुन्छ ।'

याे पनि ः अब, नेकपा फुट्दैन ! 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर