• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाल्पामा भरुवा बन्दुकसहित एकजना पक्राउ

फाइल फाेटाे

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले एकजना पुरुषलाई अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक सहित पक्राउ गरेको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिकास्थित छचुवाका गनबहादुर कुमालले आफ्नै घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको जानकारीका आधारमा छापा हानेर उनलाई पक्राउ गरिएको प्रहरी कार्यालयका सुचना अधिकारी मदन गिरीले जानकारी दिए । 

कुमालको घरमा छापा मार्ने क्रममा एकनाले भरुवा बन्दुक, वारुद गन्दक र छर्रा फेला परेको प्रहरीले जनाएको छ । कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर