• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020/ 11:24 am

महामारीमा पनि वैदेशिक व्यापार स्थिर रहेको चीनको दावी

बेइजिङ । कोभिड–१९ महामारी फैलिएता पनि एशिया–यूरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन–यूरोप रेलसेवाको सङ्ख्या तथा ढुवानी माल–सामान परिमाण बढ्दै गइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

जुन महिनाको अन्तसम्म ३ महिनासम्म लगातार रूपमा सञ्चालनमा आएको सो रेलसेवाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ जुन गत ५ महिनामा लगातार रूपमा १० प्रतिशत भन्दा बढीले बृद्धि भएको चिनिँया उद्योग मन्त्रालय स्रोतले बताएको छ । 

‘महामारीको प्रभावमा चालु वर्षयता, विश्व व्यापार परिमाण ठूलो मात्रामा घटेतापनि चीनको बैदेशिक व्यापार समष्टिगत रूपमा बजारको पूर्व प्रक्षेपणभन्दा राम्रो भएको देखिन्छ र विश्वका मुख्य आर्थिक एकाइभन्दा राम्रो भइरहेको छ,’  बेलायती अर्थतन्त्र अनुसन्धान कम्पनी क्यापिटल इक्नोमिक्सका चिनियाँ अर्थ विश्लेषक मार्टिन रास्मुस्सेनले भने । 

सरकारले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न महत्वाकांक्षी नीति लागू गरेसँगै चीनको अर्थतन्त्र आगामी केही महिनामा निरन्तर रूपमा पूरानो अवस्थामा पुग्ने देखिएको बताउँदै उनले भने, ‘आयातमा निरन्तर बृद्धि हुनुका साथै विश्वव्यापी महामारी लचिलो बन्दै जाने पृष्ठभूमिमा चीनको निर्यात पनि लगातार रूपमा पुनःस्थापना हुँदै जान्छ ।’

चीनको आयात–निर्यात राम्रो बन्दै गइरहेको खबर विश्व उद्योग शृङ्खलाको आपूर्तिको स्थिरताको लागि निकै राम्रो खबर भउको उनको ठहर छ ।  

चीन विश्वका ६५ वटा मुलुकको पहिलो आयात श्रोत हो र ३३ वटा मुलुकको पहिलो निर्यात गन्तव्य पनि हो । चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दै उत्पादन पुन सञ्चालनमा ल्याउँदा विश्व उद्योग क्षेत्रमा स्थिरताको आशा पलाउन थालेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ब्यारेटद्वारा अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशको सपथग्रहण

  • १२ कार्तिक, २०७७

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी एमी कोमी ब्यारेटले शपथग्रहण गरेकी छन् । उदारवादी चर्चित न्यायाधीश रुथ बाडर

युरोपमा कोरोना भाइरसबाट मृत्यु हुनेको दर ४० प्रतिशतले बढ्यो

  • १२ कार्तिक, २०७७

एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो एक हप्ताको तुलनामा मृत्यु हुनेको संख्या ४० प्रतिशतले बढेको

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नजिक

  • १२ कार्तिक, २०७७

काठमाडौं। भारतमा कुल संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।  सो