• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 12:22 pm

चीनद्वारा पाकिस्तानलाई एक हजार भेन्टिलेटर सहयोग

इस्लामावाद । चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार भेन्टिलेटर उपलब्ध गराएको छ ।

पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै पाकिस्तानको राजधानीमा भएको एक कार्यक्रममा चीन सरकार र चिनियाँ जनताप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

अफजारले उक्त हस्तान्तरण समारोहमा चीन सरकार र चिनियाँ जनताले कोरोना भाइरस महामारी बिरुद्ध पाकिस्तानलाई निरन्तर र ठूलो सहायता दिएको भन्दै पाकिस्तानलाई महामारीको रोकथाम तथा नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गरेको बताए । 

पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले चीन सरकारले पाकिस्तानलाई महामारीको बिरुद्धका कार्यमा महत्व र समर्थन दिएको कुरा बताए । 

पाकिस्तानका लागि चिनियाँ राजदूतावासको तथ्याङ्कअनुसार, चालु वर्षयता चीन सरकारले एकपछि अर्को गरी पाकिस्तानलाई सात पटक स्वास्थ्यसामग्री उपलब्ध गराएको छ । ती सामग्रीमा मास्क, सुरक्षा पोशाक, भेन्टिलेटर, सुरक्षित चश्मा, पन्जालगायतका समावेश छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

  • ५ असोज, २०७७

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या पछिल्लो एक महिना अगाडीको भन्दा कम देखिदै आएको छ । गएको २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय ४४ जनामा

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ नाघ्यो 

  • ५ असोज, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढिरहेको छ । गएको २४ घण्टामा भारतमा ८७ हजार ३ सय ८२ जना नयाँ संक्रमित थपिएको

थाइल्याण्डमा राजतन्त्र विरुद्ध विशाल प्रदर्शन जारी

  • ४ असोज, २०७७

एजेन्सी । थाइल्याण्डमा राजा महा भजिरालोङकोर्नको शासनलाई खुल्ला चुनौती दिँदै राजधानी बैंककमा हजारौँ प्रदर्शनकारीले मार्च गरेका छन् ।  थाई