• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 10:13 pm

म्याग्दीमा एकैदिन चारजना डेंगु र स्क्रबटाइफसका बिरामी फेला

म्याग्दी। यहाँ एकैदिन चारजना डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन्। 

उच्च ज्वरोसहितका लक्षण देखिएपछि हिजो बेनी अस्पतालमा आएका उनीहरूमध्ये तीनजनामा डेंगु र स्क्रबटाइफस भएको हो। 

बेनी नगरपालिका-४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका-५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका(४ नारच्याङका ३३ वर्षका पुरुषमा डेंगु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए। 

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरका ३३ वर्षीया महिलामा भने डेंगु मात्र देखिएको छ। उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यो वर्ष ३७ जना डेंगु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन्। 

एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सरुवा रोग हो। बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्षेनी पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ। 

नेपालमा गत वर्ष केही डेंगु सङ्क्रमितको ज्यानसमेत गएको थियो। पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्ने डेंगुका मूख्य लक्षण हुन्। 

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ। 

डेंगु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ। स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ। डेंगु र स्क्रबटाइफसको केही लक्षण मिल्दोजुल्दो हुन्छ। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यमन्त्री शंकर पोखरेललाई कांग्रेस सांसदको प्रश्नः को को मन्त्री फेल भए ?

  • ६ असोज, २०७७

बुटवल । कांग्रेस सांसद डिल्लि चौधरीले प्रदेश सरकारले कार्यकर्ता भर्ती गर्ने गरी विकास प्राधिकरण ल्याउन खोजेको भन्दै विरोध जनाएका छन । प्रदेश ५

प्रदेश पाँचमा कृषि क्षेत्रमा करोडौंका कार्यक्रम अगाडी बढाइंदै

  • ६ असोज, २०७७

बुटवल । प्रदेश पाँचमा कृषि क्षेत्रको विकासका लागि यस आर्थिक वर्षमा करोडौंलागतका कार्यक्रम अगाडी सारिएको छ । प्रदेश कृषि विकास निर्देशनालयबाट कृषि

चितवनका कोरोना संक्रमितको शव देवघाटमा व्यवस्थापन

  • ६ असोज, २०७७

चितवन । चितवनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शवलाई देवघाट क्षेत्रको जंगलमा व्यवस्थापन गर्ने गरीएको छ ।  देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने