• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

चौधरी ग्रुपद्वारा जनआस्था साप्ताहिक विरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता

काठमाडौं । जनआस्था साप्ताहिक र जनआस्थाडटकम विरूद्ध चौधरी ग्रुपले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका विनोद चौधरीका बारेमा ‘नियाजित रुपमा अनर्गल प्रचार’ गरेको भन्दै ग्रुपले काउन्सिलमा उजुरी दर्ता गरेको हो । 

मंगलबार दिउँसो काउन्सिलमा उजुरी दर्ता भएको ग्रुपले जानकारी दिएको छ । पत्रिकाले विगत लामो समयदेखि चौधरीका बारेमा झूठा समाचार प्रकाशित गरेको आरोप चौधरी ग्रुपले लगाएको छ । 

‘पछिल्लो समयमा जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनता ः चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको ‘मुहान’मा बल्ला आक्रमण’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । ति पूर्णतया झुठा समाचार थिए ।’ चौधरी ग्रुपद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ, ‘तथ्यहिन समाचार प्रकाशित गरेर चौधरी ग्रुपका अध्यक्षको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा रहेको ख्यातीमा प्रतिकुल प्रभाव पार्ने दुश्प्रयास गरिएकाले जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक किशोर श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम हदैसम्मको सजाय माग गरिएको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर