• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘जुम मिटिङ’कै दौरान एक फिलिपिनी सरकारी अधिकारी सहवास गरिरहेको भेटिएपछि...

एजेन्सी । कोरोना महामारीका दौरान भौतिक दूरी कायम गर्नुपर्ने नियमको परिणामस्वरुप विश्वभर भिडियो कन्फ्रेन्स एप जुम निक्कै लोकप्रिय र प्रयोगमा आएको छ । 

विभिन्न देशका उच्च पदस्थ सरकारी अधिकारीदेखि सामान्य विद्यालयसका विद्याथीहरुसम्म जुम मिटिङको प्रयोग गरिरहेका छन् । यसबीच, थुप्रै पटक अनौठा र नसोचिएका घटनाहरु जुम मिटिङका दौरान भएका छन् । 

एक पटक फेरि एक जुम मिटिङमा अनुचित गतिविधि भएको पाइएको छ । घटना फिलिपिन्सको हो, एक सरकारी अधिकारी एक नियमित भचुअल सत्रका दौरान उनकै महिला सचिवसँग यौन सम्बन्ध बनाइरहेको देखिए । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अनुसार, क्याभिट प्रान्तमा फातिमा डोस भिजेल काउन्सिलका क्याप्टेन जेजस इस्टिलले जुम मिटिङका दौरान क्यामेरा अफ गर्न बिर्सिए । मिटिङ जारी रहँदै कोठाको एउटा कुनामा उनको महिला सहकर्मी र इस्टिलबीच यौन सम्बन्ध बनाइरहेको भिडियो फुटेजमा देखिएको छ । 

क्रिडा सुरु गर्नअघि इस्टिलले डिभाइसको क्यामेरा अफ गर्ने प्रयास गरेको देखिन्छ । उक्त घटना अगस्ट २६ मा एक नियमित काउन्सिलको बैठकका दौरान भएको बताइएको छ । 

क्यामेरा अन नै रहेको अवगत नभएका इस्टिल र ती महिला यौन क्रियाकलाप गरिरहँदा बैठकमा जोडिएका अन्यले भने बैठकलाई जारी राखेको देखिन्छ । उक्त क्रियाकलापपछि इस्टिल पुनः बैठकमा जोडिन्छन् । 

तर बैठकमा उपस्थित एक सदस्यले त्यतिबेलै भिडियो रेकर्ड गरे र सार्वजनिक पनि भयो । इस्टिलको उक्त क्रियाकलापलाई आक्रोशित केही स्थानीयवासीहरुले उनी विरुद्ध मुद्दा दर्ता गरे । उक्त भिडियो स्थानीय सञ्चारमाध्यमका लागि चर्चाको बिषया बन्यो । 

ती जोडीले माफी मागेपनि फिलिपिन्स सरकारको आन्तरिक तथा स्थानीय सरकार विभागले इस्टिललाई जागिरबाट बर्खास्त गर्ने घोषणा गर्यो । त्यहाँको स्थानीय प्रशासनले यस्तो क्रिया कलाप साधारण दूराचार नभएर एक निक्कै गम्भिर दूराचारको संज्ञा दिएको छ । 

यो पनि ...

पर्यटनमन्त्री बोल्दाबोल्दै सुनिएको अश्लिल भिडियो र ‘जुम मिटिङ’को औचित्य

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर