प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

बिराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । 

मन्त्री  घिमिरे शनिबार साँझदेखि निवासमै रहेका थिए । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर