• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 12:30 pm

वीरदल गणले एकै दिनमा बनायो २२५ शय्याको आइसोलेसन वार्ड

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको भवन, नेपाली सेनाको वीरदल गण सूर्यविनायकले सोमबार १५० शैय्याको आइसोलेसन तयार गरेको छ

भक्तपुर । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो ।

नेपाली सेनाको उपत्यका पृतनाअन्र्तगत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कुल २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको हो । 

गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० श्ययाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताए । 

यहाँ भोलीदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार शुरु गर्ने भएको छभने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ श्यया क्षमताको आइसोलेसन भने आजै सङ्क्रमित सैनिकले भरिएको उनले जानकारी दिए ।

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको भवन, नेपाली सेनाको वीरदल गण सूर्यविनायकद्धारा सोमबार १५० शैय्याको आइसोलेसन तयार

आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ । सैनिकका दुईवटै आइसोलेसनमा चिकित्सक पाँच÷पाँच जनाको स्वास्थ्य टोली परिचालन भएको छ । 
    
कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अभाव हुदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भने, ‘उपत्यकामा आइसोलेसनको अभाव हुदै गएको छ, यो अवस्थामा सङ्क्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरुले ओगटेको आइसोलेसन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो तयार भएको हो ।’

यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २०० जना क्षमताको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेसनको व्यवस्थापन पनि वीरदल गणले नै गरेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जन्मेदेखि मृत्युसम्मको संस्कार एउटै थलोमा

  • ३ असोज, २०७७

दमौली ।  गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ

आज विश्वकर्मा दिवस : धातु तथा धातुजन्य सामग्रीको विशेष पूजाआजा गरी मनाइँदै

  • १ असोज, २०७७

काठमाडौँ  । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन

  • ३१ भदौ, २०७७

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी