पाल्पामा घर भत्किएर पुरिदा एक पुरुषको मृत्यु

पाल्पा ।  पाल्पामा घर भत्किदा च्यापिएर एकजना पुरुषको मृत्यु भएको छ । सुतेको समयमा अचानक घर भत्किएपछि बगनासकाली गाउँपालिका वडा नंं. ६ स्थित खानिगाउँका २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 घर भत्किएर च्यापिदा घाईते भएका कनौजेलाई स्थानीयले उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगेकोमा गएराती नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पा सुचना अधिकारी मदन गिरीले जानकारी जानकारी दिए । यस्तै घर भत्किएर पुरिदा कनौजेको गोठमा रहेका भैसी समेत पुरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर