• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रोल्पाको लुङग्री–ऐपेका पहिरो पीडितलाई मन्त्री पुनको राहत र सहयोग

रोल्पा । रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–ऐपेको पहिरोमा पुरिएर ज्यान गुमाएकाहरुको परिवारलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले सहयोग गरेका छन् । मन्त्री पुनले पीडित परिवारलाई सरकारले दिने ३ लाख राहत पाउने व्यवस्था मिलाएका हुन् । 

यसअघि उनले स्थानीय प्रशासन र पार्टी कमिटीलाई राहत तीव्र बनाउन निर्देशन समेत दिएका थिए ।

साथै, पहिरोमा घर पुरिएर बिचल्लीमा परेका परिवारलाई खान, बस्नका लागि आवश्यक खाद्यान्न तथा लत्ता कपडाको प्रबन्ध समेत मन्त्री पुनले मिलाएका छन् । मन्त्री पुनको सचिवालयका अनुसार उनी केही दिन अघिमात्र गृह जिल्ला रोल्पा पुगेर फर्किएका थिए । साथै, उनले पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि भेटेका थिए । 

प्राकृतिक विपद्बाट हुनसक्ने संभावित क्षेतीप्रति सचेत रहँदै उद्दार र राहतका लागि उचित र छिटो प्रबन्ध मिलाउन मन्त्री पुनले रोल्पा जिल्ला प्रशासन र पार्टी कमिटीलाई समेत निर्देशन दिएका थिए ।

वर्षातको कारण गएको उक्त पहिरोमा परि २ जना बालकको मृत्यु भएको थियो , त्यस्तै, अर्का एकजना सामान्य घाइते भएका थिए । 

पहिरोमा परि मृत्यु हुनेमा स्थानीय ज्ञानसिङ घर्तीमगर र ननकलि घर्तीमगरका २ छोराहरु ११ वर्षका युवराज र ८ वर्षका अमरसिंह रहेका छन् । घाइते बिरमा घर्तीमगरलाई सुलिचौर अस्पतालमा पुर्याइएको छ । मन्त्री पुनले मृतकप्रति श्रदाञ्जली, परिवारजनमा समवेदना तथा घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

गएराति करिब १२ बजेतिर गएको पहिरोमा पुरिएकाको उद्दारका लागि गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, सोही वडाका अध्यक्ष मोति पुनमगर, प्रहरी र स्थानीयवासी पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर