• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:55 am

 विश्वको सबैभन्दा बढी कमाउने फुटबलर बने मेसी

 काठमाडौं  । लियोनेल मेसी विश्वको सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन् । फोर्ब्सले जारी गरेको सर्बाधिक कमाउने फुटबलरको सुचीमा मेसीले आफ्ना सदबहार प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् ।

मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर  रहेको छ । जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

जसमा ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् ।

फोर्ब्सको यस सूचिको तेस्रो स्थानमा ब्राजिलका नेइमार रहेका छन् । नेइमारले बार्षिक ९६ मिलियन डलर कमाएका छन् । जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबापतको कमाई रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिजनको पहिलो खेलमा च्याम्पियन बार्यन म्युनिखको शानदार जित

  • ३ असोज, २०७७

एजेन्सी । च्याम्पियन बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको नयाँ सिजनमा शानदार जित हासिल गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बार्यन

आइपिएल आजदेखि शुरु, पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिड्दै

  • ३ असोज, २०७७

एजेन्सी ।  आजदेखि यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) हुँदै छ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल विशेष स्वास्थ्य

स्कोट सिटीको वुल्भ्ससँग कठिन जित

  • २ असोज, २०७७

एजेन्सी । कारावाओ कप फुटबलमा स्कोट सिटीसँग वुल्भ्स पराजति भएको छ । बिहीबार राति भएको खेलमा वुल्भ्स सिटीसँग १–० गोलले पराजति भएको हो ।  सिटीका लागि