• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६ सय १७ पुगेको वल्डोमिटर्सले जनाएको छ । अमेरिकामा एबैदिन ३५ हजार ९ सय १७ जनामा संक्रमण देखिएको छ । 

त्यस्तै अमेरिकामा एकैदिन ११ सय ७१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने यसरी कुल मृत्यु हुनेको संख्या २ लाख १ सय ७१ पुगेको छ । 

अमेरिकामा ४० लाख ६१ हजार ८ सय ७३ जना संक्रमित उपचारपछि निको भएका छन् भने २५ लाख २५ हजार ५ सय ७३ जना संक्रमित उपचाररत रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर