• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकाको राष्ट्रपति चुनाबमा २० लाख हिन्दु मतदाता

एजेन्सी । अमेरिकामा २० लाखभन्दा बढी हिन्दु मतदाता रहेको आँकडा बाहिर आएको छ ।

राष्ट्रपति निर्वाचन आउन ५० दिनभन्दा पनि कम समय बाँकी रहदाँ सो आँकडा बाहिर आएको हो । मतदातालाई आफ्नो पक्षमा पार्न डमोक्रेटिक पार्टीका जो डाइडेन र वर्तमान राष्ट्रपति रिपब्लिकनका डोनाल्ड ट्रम्प दुबै आ आफ्नो रणनीतिमा लागेका छन् ।

निर्वाचनमा ट्रम्प क्पाम्पले ‘हिन्दु भ्वाइस फर ट्रम्प’ अभियान नै सुरु गरेको छ। उता बाइडेन क्याम्पको तर्फबाट ‘हिन्दु अमेरिकन्स फर बाइडेन’ क्याम्पेन चालु छ। मिडिया रिपोर्ट भन्छ- अमेरिकामा रहेका २० लाख हिन्दु मतदाताले त्यहाँको निर्वाचनमा अहम् भूमिका खेल्ने छ।

विशेषगरी अमेरिकामा भारतीय मूलका हिन्दु मतदाता बढी रहेको बताइन्छ। सोही कारण पनि दुवै उम्मेदवार ती मतदातालाई रिझाउन कुनै कसर बाँकी नराखी अघि बढेका छन्।

डेमोक्रेटिकका बाइडेन भारतीयमूलकी कमला ह्यारिसलाई अघि सारेर हिन्दु मत आफ्नो पक्षमा पार्न कस्सिएका छन्। कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा बाइडेनलाई भारतीय–अमेरिकीमात्र होइन अफ्रिकीमूलको समेत मत आउने आकलन गरिएको छ। कमलाका पिता अफ्रिकीमूलका हुन्। अमेरिकाको राष्ट्रपति निर्वाचन इतिहासमा यसरी हिन्दु मतदातालाई रिझाउन दुवै ठूला पार्टीका उम्मेदवार प्रतिस्पर्धा गरिरहेको भने यो पहिलोपटक हो। यसअघि हिन्दु मतदातालाई उतिसारो ध्यान दिइँदैनथ्यो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर