• आइतबार ७-९-२०७७/Sunday 10-25-2020/ 04:56 am

ठूला प्रविधि कम्पनीहरुले पत्रकारितालाई जोगाउन सक्दैनन्, लोकतान्त्रिक समाजवादले सक्छ 

मिडियाको सार्वजनिक वित्त पोषणका लागि हामीलाई एक योजनाको आवश्यकता छ जसले अझ गहिराईबाट खोजी पत्रकारिता गर्ने क्षमतालाई पुनर्जीवित गर्नसक्छ र  स्थानीय पत्रकारितालाई प्राथमिकता दिन सक्छ । समाजवादीहरुसँग यसको समाधानहरु छन् । 

समाचार उद्योगलाई निक्कै नोक्सान पुगिरहेको छ । बर्षौँदेखि विज्ञापन राजस्वमा गिरावट आइरहेको छ र पत्रकारहरु यससँगै हराउँदै गइरहेको छन् । अब यसमा महामारी एक विद्यमान खतरा बन्न सक्छ । बेलायतमा सञ्चार कम्पनीहरुले दुई हजारभन्दा बढी र अमेरिकामा दशौँ हजारले कामदारहरु कटौती गरिरहेका छन् । सञ्चार उद्योगमा ध्यान दिनेहरुका लागि यसको कारण कुनै आश्चार्यको कुरा होइनः पत्रपत्रिकाहरुमा जाने धेरैभन्दा धेरै विज्ञापन पैसा अब डिजिटल विज्ञापन प्लाटफर्मममा स्थानान्तरण भएका छन्, विशेषगरी गुगल र फेसबुकद्धारा नियन्त्रित छन् । यस मोनोपाली(एकाधिकार)ले अमेरिकी विज्ञापन बजारको ७० प्रतिशत र बेलायतमा ६५ प्रतिशतभन्दा बढी नियन्त्रण गर्छ । यी पैसामध्ये केहीलाई पत्रपत्रिकामा पुनः निर्देशन गर्न आह्वानहरु बढिरहेका छन् र अस्ट्रेलियाले यसलाई वास्तविक बनाउने प्रयास गरिरहेको छ । 

ठूला प्रविधि कम्पनीहरुलाई भुक्तान गर्नुः
गत जुलाई ३१ मा अस्ट्रेलियन कम्पिटिशन एण्ड कन्ज्युमर कमिसन(एसिसिसि)ले पत्रपत्रिका प्रकाशकहरु र ठूला प्रविधि कम्पनीहरुबीच सम्झौताको प्रक्रियाका लागि नयाँ अनिवार्य कोडको एक मस्यौदा प्रकाशित गर्यो, जसको सुरुवात गुगल र फेसबुकले गरेको थियो । यो कुनै आश्चार्यचकित पार्ने कुरा थिएन – केही महिनादेखि नै अस्ट्रेलियाली सरकारले यो एक प्रमुख दिशा रहेको संकेत दिइरहेको थियो । 

सन् २०१९ मा गुगल र फेसबुकले पाँच प्रमुख घरेलु समाचार संस्थाहरुको संयुक्त कुलभन्दा बढी अस्ट्रेलियाली विज्ञापन राजस्वमा ४ सय मिलियन डलरभन्दा बढी ताने । यसबीच, प्रविधि कम्पनीहरु अस्ट्रलियामा कम दर भुक्तानका लागि प्रसिद्ध छन् – विश्वको थुप्रै भागमा पनि – किनकि उनीहरु सिंगापुरले जस्तै कम कर न्यायालयमा राजस्व बुक गर्नका लागि छायादार कर योजनाहरुको उपयोग गर्छन् । 

गुगलले एक खुल्ला पत्रका साथ संहितालाई लिएर प्रतिक्रिया दिएको छ । उक्त पत्रमा अस्ट्रेलियामा यदि यो लागू हुन्छ भने यसको सेवाहरु ‘नाटकीय रुपले खराब’ हुनेछन् र अस्ट्रेलियाली उपभोक्ताहरुलाई भयभित बनाउने प्रयासका लागि गुगल र युट्युबको होम पेजमा ब्यानर लगाइने दावी गरेको छ । यस पत्रले जनतालाई वास्तवमा संहिताले के गर्नेछ भन्नेबारे भ्रम फैलाउने एसिसीसीको दावी छ । 

यसबीच, फेसबुकले अस्ट्रेलियामा समाचार प्रकाशकहरुलाई भुक्तान गर्नबाट बच्नका लागि समाचार सामाग्रीलाई पूर्णरुपले साझा गर्नबाट रोक्ने चेतावनी दिइरहेको छ । गुगले यही रणनीति युरोपमा उपयोग गरिसकेको छ भने फ्रान्स र स्पेनमा गुगल समाचार तानिरहेको छ र यस्तै समान कानुनहरुको जवाफमा पुरै युरोपेली संघमा यस्तै गर्ने चेतावनी दिइरहेको छ । एप्रिलमा एक फ्रान्सेली अदालतले गुगलले आफ्नो समाचार सेवालाई यतिकै हटाउन नसक्ने अर्थात् उसले भुक्तान गर्नुपर्ने फैसला सुनाएको थियो । 

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले सेप्टेम्बर ७ मा आफ्नो सरकार ठूला प्रविधि कम्पनीबाट आउने ‘दबाब’को राम्रो प्रतिक्रिया नदिने बताएसँगै स्थिति बढिरहेको छ । क्यानडाका सम्पदामन्त्रीले हालै मात्रै अस्ट्रेलियाली नागरिकको समर्थनमा एक बयान दिए । क्यानडाले पनि अस्ट्रेलियाको समान नीतिलाई अगाडी बढाएको छ र युरोपेली देशहरुले फ्रान्सको उदाहरणलाई पछ्याउने सम्भावना बढी छ । 

यो स्पष्ट छ कि पत्रकारिताले संघर्ष गरिरहेको छ र प्रविधि कम्पनीहरु पर्याप्त कर बुझाउँनबाट बचिरहेका छन्, जस्तो कि संयुक्त राज्य अमेरिकामा पनि वैश्विक बहुराष्ट्रिय कर्पोरेशनहरुका लाीग् एक नयाँ कर योजना विकसित गर्नमा अन्तर्राष्ट्रिय प्रयासहरुलाई बाधित गर्ने प्रयास गरिरहेको छ । तर के स्पष्ट छैन भने, प्रविधि कम्पनीहरुलाई समाचार प्रकाशकहरुलाई भुक्तान गर्नका लागि बाध्य पार्नु नै सही नीति समाधान हो भन्ने स्पष्ट छैन ।

भविष्यको वित्त पोषणः
बेलायती–क्यानडेली लेखक कोरी डक्टोरो आफ्नो नयाँ पुस्तक ‘हाउ टु डिस्ट्रोए सर्भिलेन्स क्यापिटलिज्म’मा तर्क गर्छन् – ठूला प्रविधि कम्पनीहरुको शक्तिलाई कसरी सम्बोधन गर्ने भनेर एक विकल्पको सामना हामी गर्छौँः वा त ठूला प्रविधिलाई भत्काउने र उनीहरुको एकाधिकार लाभबाट बञ्चित गर्ने वा उनीहरुलाई आफ्ना एकाधिकार लाभलाई शासनमा खर्च दिने ।’ अनि हामी दुवै गर्न सक्दैनौँ । 

डक्टोरोको तर्क हो कि यदि हामी तिनीहरुलाई शासनको ढाँचा वा सञ्चार संस्था कोष मोडलमा परिणत गर्छौँ, उदहरणका लागि, वास्तवमा मुख्या समस्यालाई सम्बोधन गर्नका लागि कठिन हुनजान्छ, एक त्यो शक्ति हो जसलाई उनीहरु उनीहरुको प्रभावकारी एकाधिकारबाट प्राप्त गर्छन् । त्यसैले, यदि हामीले मिडियाको कोषलाई गुगल र फेसबुकको सफलतामा निर्भर बनाउँछौँ भने यसले उनीहरुलाई विघटन गर्न, उनीहरुलाई प्रतिस्थापन गर्न वा इन्टरेनटको व्यापक संरचनामा पुनर्विचार गर्न निक्कै कठिन बन्छ । 

यसको अर्थ मिडियालाई सहयोग आवश्यक छैन भन्ने होइन, वा हामीले खाली विज्ञापन ढाँचालाई पुनर्जीवित गर्नतर्फ हेर्नुपर्छ भन्ने पनि होइन । सम्पादकीय स्वतन्त्रताको दाबीका बाबजुद पनि विज्ञापनदाताहरुलाई सँधै प्रकाशित सामाग्रीमाथि केही हलचल हुन्छ । थुप्रै पत्रपत्रिकाहरुमा अटो तथा रियल स्टेट(जग्गा कारोबार) भाग हुन्थ्यो भन्ने किन तपाई सोच्नुहुन्छ ? उनीहरुले एक टन विज्ञापनहरु किने । 

‘सब्सक्रिप्सन मोडेल’ले हाल समाचार व्यवसायलाई व्यापक बनाइरहेको छ जुन एक समाधान होइन । करेन्ट अफेयर्स अखबारका सम्पादक नाथन जे. रोबिन्सन तर्क गर्छन् – अधिकांश प्रतिष्ठित समाचार वेबसाइटहरुमा गइरहेको ‘पेवाल्स’(वेबसाइटमा समाचार पढ्नका लागि गरिने सब्सक्रिप्सन)हरुलेफक्स न्यूज, इन्फोवार्स वा गुइदो फकेसमा मानिसहरुलाई पठाएर  सार्वजनिक बहसलाई विष खुवाइरहेका छन् । जस्तो कि उनले भनेका छन्, ‘वास्तविकताको भुक्तान गरिन्छ, तर झुटहरु सित्तैमा पाइन्छ ।’ परम्परावादीहरुप्रति बढ्दो मौन स्विकृतिलाई मध्य नजर गर्दा बिबीसीले हामीलाई आवश्क रुपले बचाउन गइरहेको छैन । 

बरु हामीलाई मिडियाको सार्वजनिक फन्डिङका लागि एक योजनाको आवश्यकता छ जसले अझ गहिराईबाट खोजी पत्रकारिता गर्ने क्षमतालाई पुनर्जीवित गर्नसक्छ र  स्थानीय पत्रकारितालाई प्राथमिकता दिन सक्छ । समाजवादीहरुसँग यसको समाधान छन् । यस्ता थुप्रै तरिकाहरु छन् जसले काम गर्न सक्छ । 

म्याट लरेन्स, थोमस हन्ना, मिरियम ब्रेट र एन्ड्रिन्ने बुलद्धारा डिजिटल पूर्वाधारमाथि तयार पारिएको एक रिपोर्टले ‘स्पेक्ट्रम’ लिलामीबाट आएको आयलाई स्थानीय सञ्चारमाध्यम तथा पत्रकारितको सहयोगका लागि एक कोषमा राखिनुपर्ने सुझाव दिन्छ । ‘डेमोक्र्यासी वेद्वाउट जर्नलिज्म ?’ पुस्तकका लेखक भिक्टोर पिकार्डले पनि उस्तै सुझाव दिएका छन्ः थुप्रै संख्याका नयाँ करहरुद्धारा वित्त पोषित एक ट्रस्टको निर्माणले स्वतन्त्र सार्वजनिक सञ्चारमाध्यमको समर्थन गर्नेछ । 

बेलायतमा टम मिल्स, डान हिन्द र लियो वाट्किन्सले एक योजना बनाएका छन्, जसले एक लोकतान्त्रिक बिबीसी बनाउनका लागि इन्टरनेटमा टेलिभिजन लाइसेन्स शुल्कलाई एक डिजिटल लाइसेन्स शुल्कले प्रतिस्थापन गरेको देख्छ । उनीहरुको योजनाले जो कोहीलाई १४ वर्षको उमेरमा एक वार्षिक भौचर प्रदान गर्नेछ, जसको उपयोग उनीहरु गैर–लाभकारी सहकारी पत्रकारितको सहयोगका लागि गर्नसक्छन्, जो क्षेत्रीय र राष्ट्रिय सञ्चारमाध्यमकाबीच समान रुपले विभाजित छ । यसलाई विज्ञापन वा जनसम्पर्क सेवाहरुमा एक करद्धारा वित्त पोषित गरिनेछ । 

सञ्चारमाध्यमलाई प्रविधिसँग नजोडौँः
पत्रकारिताको भविष्य विशेषगरी जो खाली ‘क्लिक’लाई मात्रै पछ्याइरहेको छैन र सतह–स्तरीय विश्लेषण दिइरहेको छ जसले प्रतिक्रियावादी हितहरुको सेवा गर्छ, त्यो संकटमा छ । यो स्पष्ट छ कि हामी पत्रकारिताको वित्तपोषण र आयोजनाको राम्रो तरिकाका साथ आउन आवश्यक छ, तर हामी यसको मालगाडीलाई ठूला प्रविधि कम्पनीलाई दिनबाट सावधान रहनुपर्छ । 

प्रविधि कम्पनीहरुमाथि कर लगाउनुपर्छ, उनीहरुको मोनोपोलीलाई भत्काइनुपर्छ र उनीहरुको शक्तिलाई पुनः परिभाषित गरिनुपर्छ । तर हामीले यस्तो एक पूर्वाधार राख्नु हुँदैन जहाँ गुगल र फेसबुकले समाचार प्रकाशकहरुलाई प्रत्यक्ष भुक्तान गरिरहेका छन् । मिडियाका लागि वैकल्पिक कोष मोडेलको आयोजना गर्न थुप्रै राम्रा तरिकाहरु छन् जो जनताको हित र पत्रकारहरु आफैँलाई पनि राम्रो सेवा दिन सक्छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ग्रामिण क्षेत्रमा आधुनिक घर निर्माण हुँदा परम्परागत काष्ठकला हराउदै

  • १९ असोज, २०७७

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ३ नायरका ५० वर्षीय ज्ञानबहादुर विकले सानै उमेरदेखि काठको काम सिकेर दैनिकी चलाउदै आएका थिए । उनले काठको

महिला र मदिरा : ‘मम्मीज टाइम आउट’

  • १८ असोज, २०७७

निलो रङ को अर्थ पुरुष, अनि गुलाबीको अर्थ महिला । यस्ता लैङ्गिक संकेतहरु हामी जन्मिएसँगै सुरु हुन्छन् र जिन्दगीभर रहन्छन् । बाल्यावस्थादेखि युवा

विश्वसामु आइपिएल प्रत्यक्ष टेलिभिजनमा पुर्‍याउनेे डडेल्धुराका हर्कबहादुरको कथा 

  • ६ असोज, २०७७

मध्यम वर्गीय परिवारमा जन्मिएका हरिको उच्च शिक्षा अध्ययन पश्चात् विवाह गर्ने योजना बुनेका थिए । तर, पारिवारिक मेसोमा २०५३ मंसिर १० गते विवाह भयो ।