• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

तालिबानको आक्रमणमा परी प्रान्तीय प्रहरी उप-प्रमुखको मृत्यु

काबुल । अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको समाचार एजेन्सी सिन्हुवाले जनाएको छ । 

प्रवक्ता शाह मोहम्मद अरियनले भने, ‘शनिबार बिहान प्रान्तीय राजधानी सारनको नजिकै गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी विछ्याइएको धरापमा पाक्तिकाका प्रान्तीय उप प्रमुख कर्नेल मोहम्मद आसिफ तोखीले साहदत प्राप्त गर्नुभएको छ भने केही प्रहरी घाइते भएका छन् ।’ 

प्रहरीले याहा खिल जिल्लामा तालिवानी समूहको आक्रमण भएपछि थप बलसहित तोखी त्यसतर्फ जाने क्रममा उहाँमाथि आक्रमण भएको हो । आक्रमणमा अन्य केही प्रहरी गम्भीर घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

शुक्रबार राति नै सुरक्षाकर्मी तालिवान समूहबीच कुन्दुजमा भएको अर्को एक झडपमा कम्तीमा १४ जना विद्रौही लडाकू मारिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर